उपत्यकाको निषेधाज्ञा खुकुलो बनाएर एक हप्ता थप्ने तयारी • Nepal's Trusted Digital Newspaperउपत्यकाको निषेधाज्ञा खुकुलो बनाएर एक हप्ता थप्ने तयारी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • उपत्यकाको निषेधाज्ञा खुकुलो बनाएर एक हप्ता थप्ने तयारी

उपत्यकाको निषेधाज्ञा खुकुलो बनाएर एक हप्ता थप्ने तयारी

  • आइतवार, असार ६, २०७८
उपत्यकाको निषेधाज्ञा खुकुलो बनाएर एक हप्ता थप्ने तयारी

६ असार काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञालाई केही खुकुलो बनाइने भएको छ।

उपत्यकाका तीनवटै जिल्लामा केही खुकुलो बनाएर निषेधाज्ञा एक हप्ता लम्ब्याउने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज दिउँसो वा भोलि बिहान तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने बताए।

पछिल्लो पटक थपिएको निषेधाज्ञा सोमबार राति १२ बजेसम्म जारी रहनेछ। पछिल्लो पटक थपिएको निषेधाज्ञामा खाद्यान्न, फलफूल, दुग्धजन्य वस्तु तथा स्टेशनरी पसलहरु बिहान ११ बजेसम्म खोल्न दिइएको छ।

साथै निर्माण सामग्रीका व्यवसाय दिउँसो ४ बजेपछि खोल्न दिइएको छ। अब यस्ता व्यवसाय खोल्ने समय थप गर्ने र अरु केही व्यवसाय पनि खोल्न दिने गरी तयारी थालिएको हो।

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार यातायात सेवा सञ्चालनका विषयमा पनि छलफल हुनेछ। यद्यपी कोरोना संक्रमणको जोखिम धेरै कम नभइसकेकाले यसबारे अझै संयमित भएर निर्णय लिइनेछ। हाल देशका ७० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका