ओलम्पिक डेका अवसरमा विभिन्न कार्यक्रम गरिने | Samacharpati ओलम्पिक डेका अवसरमा विभिन्न कार्यक्रम गरिने – Samacharpati
Samacharpati
आइतवार, अशोज १०, २०७८
  • होमपेज
  • ओलम्पिक डेका अवसरमा विभिन्न कार्यक्रम गरिने

ओलम्पिक डेका अवसरमा विभिन्न कार्यक्रम गरिने

ओलम्पिक डेका अवसरमा विभिन्न कार्यक्रम गरिने
file photo

आधुनिक ओलम्पिकको जन्मदिनलाई सम्झेर बिश्वमानै ओलम्पिक संग आवद्ध राष्ट्रहरुमा मनाईरहेके ओलम्पिक डेको अवसरमा नेपाल पनि विविध कार्यक्रम आयोजना गरि ५ दिन सम्म मनाईने भएको छ ।

सोही क्रममा आज नेपाल ओलम्पिक कमिटिको कार्यालयमा युवा तथा खेलकुद मन्त्रीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरि उद्घाटन गरिएको थियो । त्यसैक्रममा पोखरमा आर्चरी संघको आयोजनमा टोकियो ओलम्पिकलाई मध्यनजर राख्दै प्रशिक्षणमा रहेका खेलाडीहरुले आर्चरी खेलको प्रदर्शन गरेका छन् ।

यस्तै फेन्सिङ्ग संघको आयोजनामा फेन्सिङ्ग प्रदर्शन, बाँकेमा मंगोलियन जुडो डोजोद्वारा जुुडो खेल प्रदर्शनका साथै भिएस निकेतन स्कुलले २५० बिद्यार्थीहरुलाई भर्चअल चित्रकला आयोजना गरि मनाएका छन् । यस्तै ५ दिन सम्म विभिन्न जिल्लामाम विभिन्न कार्यक्रम गरि ओलम्पिक डे मनाईने भएको छ ।

आजको ट्रेन्डिङ समाचार