बाढी पहिरोका कारण पाँच दिनमा १६ को मृत्यु, २२ जना बेपत्ता | Samacharpati बाढी पहिरोका कारण पाँच दिनमा १६ को मृत्यु, २२ जना बेपत्ता – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • बाढी पहिरोका कारण पाँच दिनमा १६ को मृत्यु, २२ जना बेपत्ता

बाढी पहिरोका कारण पाँच दिनमा १६ को मृत्यु, २२ जना बेपत्ता

बाढी पहिरोका कारण पाँच दिनमा १६ को मृत्यु, २२ जना बेपत्ता

५ असार काठमाडौं । पछिल्लो पाँच दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ ।

प्रकोपमा परेर २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन/तीन तथा सप्तरी, काभ्रे, गोरखा, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान जुम्ला र बाजुरामा एक÷एक जना रहेका गृह मन्त्रालयले जनाएको छ ।

बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म १६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीमध्ये १० पुरुष चार महिला र दुई बालिका छन् ।

बेपत्ता भएका २२ मध्ये २० जना सिन्धुपाल्चोकमा छन् । बाजुरा र रूपन्देहीमा एक÷एक जना बेपत्ता रहेका छन् ।

वेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ र सल्यानबाट आठ जना गरी १०२ जनाको उद्धार भएको प्रहरीले जनाएको छ ।

यस्तै यार्सागुम्बा टिप्न गएका मनाङका ७० जनाको पनि उद्धार भएको छ । पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक सुरक्षाकर्मीको सहयोगमा सञ्चालनमा ल्याइएको छ ।

साथै वर्षाका कारण दार्चुला, हुम्ला, सुर्खेत, कालिकोट, सल्यान, दैलेखलगायतका जिल्लामा पहिरो गई अवरोध भएको सडक खुलाउने प्रयास जारी छ ।

यता बाढी पहिराका कारण अहिलेसम्म १९९ वटा घरमा क्षति भएको छ । १२ वटा पुल, एक विद्यालय र सात सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको छ ।

हालसम्म ५२८ घरका एक हजार ७६० जना मानिस विस्थापित भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यही बीचमा ५१६ पशु चौपायको मरेका छन् ।

आजको ट्रेन्डिङ समाचार