रुपा गाउँपालिकामा बाघको आक्रमणबाट २ जना घाइते, स्थानियले प्रतिकार गर्दा बाघ मर्यो | Samacharpati रुपा गाउँपालिकामा बाघको आक्रमणबाट २ जना घाइते, स्थानियले प्रतिकार गर्दा बाघ मर्यो – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • रुपा गाउँपालिकामा बाघको आक्रमणबाट २ जना घाइते, स्थानियले प्रतिकार गर्दा बाघ मर्यो

रुपा गाउँपालिकामा बाघको आक्रमणबाट २ जना घाइते, स्थानियले प्रतिकार गर्दा बाघ मर्यो

रुपा गाउँपालिकामा बाघको आक्रमणबाट २ जना घाइते, स्थानियले प्रतिकार गर्दा बाघ मर्यो

कास्की, ४ असार । कास्कीको रुपा गाउँपालिकामा बाघको आक्रमणबाट २ जना घाइते भएका छन् ।

शुक्रबार दिउसो करीब ४ बजेतिर आफ्नै बारीमा घाँस काट्न जाने क्रममा अचानक बाघ देखेपछि भाग्ने क्रममा बाघले आक्रमण गरेको रुपा ७ धारापानीका ३४ वर्षिय तुल बहादुर गुरुङले बताउनुभयो । गुरुङले बाघ देखेपछि आफु भागेको र भाग्ने क्रममा बाघले पछाडीबाट चिथोरेको बताउनुभयो ।

गुरुङलाई बाघले चिथोरेपछि स्थानियले प्रतिकार गर्न खोज्दा अर्का एक जना पनि धाइते भएका छन् । घाइते हुनेमा सोहि ठाउँका ३२ वर्षिय मिलन गुरुङ रहेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

घाइतेहरुको स्थानिय भिरचोक स्वास्थ्य चौकीमा उपचार भएको जनाइएको छ । स्थानियले प्रतिकार गरेपछि मानिसलाई आक्रमण गर्ने बाघ भने मरेको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार