पोखरेलले प्रदेशसभामा विश्वासको मत माग्दै, किन यो सरकारलाई विश्वासको मत ? | Samacharpati पोखरेलले प्रदेशसभामा विश्वासको मत माग्दै, किन यो सरकारलाई विश्वासको मत ? – Samacharpati
Samacharpati
आइतवार, अशोज १०, २०७८
  • होमपेज
  • पोखरेलले प्रदेशसभामा विश्वासको मत माग्दै, किन यो सरकारलाई विश्वासको मत ?

पोखरेलले प्रदेशसभामा विश्वासको मत माग्दै, किन यो सरकारलाई विश्वासको मत ?

पोखरेलले प्रदेशसभामा विश्वासको मत माग्दै,  किन यो सरकारलाई विश्वासको मत ?

गण्डकी प्रदेशसभाको बैठक सुरु भएको छ । आजको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिदै हुनुहुन्छ । मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा विश्वासको मत मागिरहनुभएको छ ।

सो क्रममा उहाँले प्रदेश र देशभर भएको अविरल वर्षाका कारण प्रभावित भएको भन्दै बाढी पहिरोबाट मृत्यवरण गरेका नागरिक प्रति श्रद्दान्जली अपर्ण गर्दै विस्थापितको व्यवस्थापन र क्षतिको क्षतिपुर्तीमा सरकार लाग्ने बताउनुभयो ।

उहाँले सरकार गठन भएको १ हप्ता पनि नपुगेको भन्दै यो विचमा सरकारले छोटो समयमा २०७८÷७९ को बजेट सर्वाजनिक गर्नुपर्ने कानुनी बाध्यतालाई पार गरेर आएको बताउनुभयो । साथै नीति तथा कार्यक्रम देखि बजेट सम्म रचनात्मक सहयोग गर्ने प्रमुख प्रतिपक्षि दल र सम्बद्द सबैलाई धन्यवाद दिनुभयो ।

किन यो सरकारलाई विश्वासको मत ?
मुख्यमन्त्री पोखरेलले भन्नुभयो – यो सरकारले नीति तथा कार्यक्रम र बजेटमा प्रदेशभित्रका सम्पुर्ण नागरिकलाई कोरोना विरुद्धको भ्याक्सिन उपलब्ध गराउने र कोरोना नियन्त्रणका लागि आवश्यक श्रोत साधन उपलब्ध गराउने हामीले निर्णय गरेका छौ, जुन अहिलेको समयको सबैभन्दा ठुलो माग हो । त्यस्तै आजसम्म हाम्रो समाजमा महिलाहरुले भोग्नुपरेको धेरै पिडाहरु मध्ये एउटा स्तन क्यान्स, पाठेघरको मुखको क्यान्सर हो, अहिले यो सरकारले यो क्यान्सरको उपचार गर्ने क्रममा सल्यकृया गर्ने क्रममा लाग्ने खर्च व्यहोर्ने जुन प्रतिवद्धता गरेको छ, त्यो यहाँ राख्न चाहान्छु ।

त्यस्तै नेपाल सरकारको सहकार्यमा सबै जिल्ला अस्पताललाई २५ देखि ५० शैयामा स्तरनोन्ती गर्ने हाम्रो निणर्य छ । दुर्गम क्षेत्रमा जटिल अवस्थामा रहेका गर्भवति र सुत्केरी र नवजात शिशुको उद्दार गरि सुविधासम्पन्न अस्पतालसम्म एयरलिफ्टिङ गर्ने प्रतिवद्धता गरेको अवस्था छ ।

स्वास्थ्य क्षेत्रमा कार्य गर्ने अर्थात अग्रपंतिमा रहेर सेवा गर्ने स्थास्थ्यकर्मीहरुलाई प्रोत्साहनको कार्यक्रम ल्याइएको छ, जेष्ठ नागरिकहरुलाई निशुल्क उपचारको सेवा प्रदान गर्ने कार्यक्रम ल्याइएको छ । प्रदेशभीत्र रहेका सम्पुर्ण अस्पतालहरुको स्तरोन्नती तथा स्वास्थ्यसुधार विशेष कार्यक्रम संचालन गर्ने निणर्य गरिएको छ ।

गण्डकी विश्वविद्यालयमा ३५० शैयाको जनरल, ५० शैयाको मुटुरोग, ५० शैयाको मृगौला रोग, ५० शैयाको अर्वुद रोग सहित ५०० शैयाको शिक्षण अस्पताल स्थापनाको लागि विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने प्रारम्भ गर्ने निणर्य भएको छ ।

त्यस्तै शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर वृद्धि, भौतिक अवस्थामा सुधार, गण्डकी विश्वविद्यालय, र गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानको पुर्वाधार तयार गर्ने, विज्ञान र प्रविधि शिक्षालाई विशेष प्राथमिकता दिने यसको लागि प्रविधि शिक्षालय संचालन, प्रयोगशाला स्थापना गर्ने, उच्च प्राविधिक शिक्षा अध्ययन लाई विशेष प्रोत्साहन गर्ने ।

त्यस्तै सामाजिक सुरक्षातर्फ सुरक्षा श्रम तथा रोजगार र संस्कृति तर्फ, सामाजिक सुरक्षा कोष स्थापना गर्ने, विपन्न वस्तीमा मुख्यमन्त्री कार्यक्रम संचालन गर्ने, कोभिडबाट अभिभावक गुमाएका बालबालिका र मृत्यु भएका व्यक्तिका परिवारलाई नगद सहयोग गर्ने, द्वन्दपिडित घाइते, सहिद परिवारलाई सहयोग गर्ने, भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्दन गर्ने, ऐतिहासिक, धार्मिक, पुरातात्वीक तथा सांस्कृतिक महत्वका स्थानहरुको संरक्षण तथा सम्वर्दन गर्ने, जस्तै एक जिल्लामा एक सहिद स्मारक पार्क बनाउने, महिला बालबालिका अपाङ्गता भएका व्यक्ति, दलित, सिमान्तकृत, लोपोन्मुख, जाति, आदिवासी जनजाती समुदायका लागि विशेष कार्यक्रमहरु संचालन गर्ने, सक्षम महिला समानान्तर पाइला कार्यक्रम संचालन गर्ने सरकारले निणर्य गरेको छ । त्यस्तै युवाहरुलाई उद्यमशिलता विकास, खेलकुद क्षेत्रको विकाश गर्ने जस्तै सिप, दक्षता रोजगारी, युवा पलायन रोक्ने, उद्यमी युवा समृद प्रदेश निर्माण गर्ने कार्यक्रम सरकारले ल्याएको छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा आधारित पक्षहरुको विषयमा राख्दै पोखरेलले संघिय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्दै कार्यान्वयन गर्दै अगाडी बढ्दै गर्दा विभिन्न राजनीतिक घटनाक्रम परिवर्तनका कारण आफुहरुलाई यो जिम्मेवारी आएको बताउनुभयो ।
उहाँले भन्नुभयो – संघियतालाई मजबुद बनाउनका लागि, संघियतामा आइसकेपछि राजनीतिक स्थिरता हुन्छ भन्नका लागि र जनताले दिएको मतादेश ५ वर्षका लागि हो बिचमा त्यो मतादेशको खिलापमा जानु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने र यो प्रदेश सरकारलाई विश्वासको मत दिएर त्यसतर्फ जाने, स्थायीत्व तर्फ जाने एक मात्र उपाय भएकाले बीचमा सदनलाई दुर्घटनातिर, विघटनतिर, अस्थिरतातिर नलैजानको लागि यो सरकारलाई समर्थन गर्नुको विकल्प संवैधानिक रुपमा पनि नदेखिएकाले, म सभामुख मार्फत सम्मानित सभामा हाम्रो प्रतिपक्षी दलका माननिय ज्यूहरु बुहदै हुनुहुन्छ, म देब्रेतिर बस्ने माननिय ज्यूहरुसमक्ष पनि त्यो स्थायित्वको लागि यो विश्वासको प्रस्तावको पक्षमा सहयोग गरेर यसलाई निरन्तरता दिनुहुन अनुरोध गर्दछु ।

आजको ट्रेन्डिङ समाचार