ओलम्पिक २०२० को पूर्वसन्ध्यामा जापानमा निषेधाज्ञा हटाइने | Samacharpati ओलम्पिक २०२० को पूर्वसन्ध्यामा जापानमा निषेधाज्ञा हटाइने – Samacharpati
Samacharpati
आइतवार, अशोज १०, २०७८
  • होमपेज
  • ओलम्पिक २०२० को पूर्वसन्ध्यामा जापानमा निषेधाज्ञा हटाइने

ओलम्पिक २०२० को पूर्वसन्ध्यामा जापानमा निषेधाज्ञा हटाइने

ओलम्पिक २०२० को पूर्वसन्ध्यामा जापानमा निषेधाज्ञा हटाइने

एजेन्सी । ओलम्पिक २०२० को आयोजक रहेको जापानको टोकियोमा आपतकालीन अवस्था हटाइने भएको छ । टोकियो ओलम्पिक २०२० सुरु हुन पाँच हप्ता मात्र बाँकी रहेकाले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको आपतकालीन अवस्था आगामी आइतबारबाट हटाइने भएको हो ।

गत अप्रिलबाट टोकियोमा लगाइएको आपतकालीन अवस्था कोरोना संक्रमितको संख्या बढेपनि खेल प्रभावित हुने भन्दै आइतबारबाट प्रतिबन्धहरु हटाउन लागिएको हो । तर स्वास्थ्य सावधानी भने खेल अवधिभर नै कायम रहने आयोजकले जनाएको छ । आगामी जुलाई २३ देखि टोकियो ओलम्पिक २०२० सुरु हुँदैछ ।

कोरोना महामारी जारी रहेकाले प्रतियोगिताहरु घरमै बसेर हेर्न प्रधानमन्त्री योशिहिदा सुगाले अपील गर्नुभएको छ । तर आयोजकले जापानी खेल प्रेमीलाई प्रतियोगितामा प्रत्यक्ष सहभागी हुन दिने वा नदिने भन्नेबारेमा हालसम्म कुनै निर्णय गरेको छैन ।

आजको ट्रेन्डिङ समाचार