गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने | Samacharpati गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

पाेखरा, ४ असार । गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिदै हुनुहुन्छ ।

नेपाली काँग्रेसका मुख्यमन्त्री पोखरेल काँग्रेस सहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र गरी ३१ जना सांसदको सहयोगमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

मुख्यमन्त्री पोखरेललाई विश्वासको मत लिन १ महिना सम्म समय भएपनि विश्वासको मत लिएर मात्र मन्त्रीपरिषद विस्तार तथा विनाविभागिय मन्त्रीहरुलाई मन्त्रालय विभिन्न मन्त्रालयको जिम्मेृवारी दिने योजना बनाउनुभएको छ । गठबन्धनमा जनमोर्चाले मन्त्रीमा दावी पेश गरेको छैन भने गुण र दोषको आधारमा सरकारको समर्थन र विरोध गर्ने जनाएको छ भने अन्य दलमा मन्त्रालयको विषयलाई लिएर विवाद रहेको छ ।

सोहि विषयलाई मध्यनजर गरेर मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिएपछि मन्त्री र मन्त्रालयको विषय टुङ्ग्याउने योजना बनाएको बताइएको छ । अहिले प्रदेशसभामा कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जसपाका दुई, जनमोर्चाका दुई र एक जना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्री नियुक्त हुँदा पनि उहँले यी सबैको गरी ३१ सांसदको समर्थन देखाएका थिए। प्रदेश सभामा नेकपा (एमाले)का २७ सांसद छन्।

आज पाेखरेलले विश्वासको मत लिन नसके प्रदेश सभा विघटनतिर जानेछ।

आजको ट्रेन्डिङ समाचार