मेलम्ची बाढी : बस्ति भित्र पस्यो भेल , हेलिकप्टरबाट उद्धार (भिडियाे सहित) | Samacharpati मेलम्ची बाढी : बस्ति भित्र पस्यो भेल , हेलिकप्टरबाट उद्धार (भिडियाे सहित) – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • मेलम्ची बाढी : बस्ति भित्र पस्यो भेल , हेलिकप्टरबाट उद्धार (भिडियाे सहित)

मेलम्ची बाढी : बस्ति भित्र पस्यो भेल , हेलिकप्टरबाट उद्धार (भिडियाे सहित)

मेलम्ची बाढी : बस्ति भित्र पस्यो भेल , हेलिकप्टरबाट उद्धार (भिडियाे सहित)

मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रबाट कैयौँ मानिसहरू विस्थापित भएको र सातजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले मेलम्ची नदीमा मङ्गलवार साँझबाट आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा जनधनको क्षति पुर्‍याएको बताए।

खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित भएको उनले बताए।

पछिल्लो समयमा हेलम्बु र मेलम्चीमा पानीको सतह बढेको भन्दै मानिसहरूलाई सुरक्षित क्षेत्रमा जान आह्वान गरिएको स्थानीय प्रशासनले जनाएको छ। यसैबीच सिन्धुपाल्चोकको बाढीको भिडियो हामीलाई प्राप्त भएको छ । हेर्नुहोस यो भिडियोमा (भिडियो:हाम्राे न्यूज)

आजको ट्रेन्डिङ समाचार