ओली र माधव नेपाल पक्षको संयुक्त स्थायी कमिटी बैठक बस्ने तयारी | Samacharpati ओली र माधव नेपाल पक्षको संयुक्त स्थायी कमिटी बैठक बस्ने तयारी – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • ओली र माधव नेपाल पक्षको संयुक्त स्थायी कमिटी बैठक बस्ने तयारी

ओली र माधव नेपाल पक्षको संयुक्त स्थायी कमिटी बैठक बस्ने तयारी

ओली र माधव नेपाल पक्षको संयुक्त स्थायी कमिटी बैठक बस्ने तयारी

काठमाण्डाै । फुटको संघारमा पुगेको नेकपा एमालेभित्रका दुवै पक्ष केही नरम बन्दै गइरहेका छन् । एक अर्काविरुद्ध आरोप प्रत्यारोप गर्दै लगभग अलग हुने अवस्थामा पुगेका अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव नेपाल–झलनाथ खनाल पक्षबीच एकताको लागि नेताहरुले पहल गरिरहेका छन् ।

माधव नेपाल पक्षकै माग अनुसार प्रधानमन्त्री तथा अध्यक्ष ओली २०७५ साल जेठ २ गते अघिकै स्थायी कमिटीलाई मान्यता दिँदै बैठक बोलाउन सहमत हुनुभएको छ । लामो समयदेखि आफ्ना–आफ्ना पक्षका बैठक बसिरहेकोमा संयुक्त स्थायी कमिटीको बैठकको तयारी भएको ओली पक्षका नेता तथा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठक ठ्याक्कै कहिले बस्छ भन्ने टुंगो नलागे पनि दुवै पक्षका नेताहरुबीच कुराकानी भइरहेकाले एक/दुई दिनमै बैठक बस्न सक्ने ज्ञवालीको भनाई छ ।

आजको ट्रेन्डिङ समाचार