पहिरोले घान्द्रुकका ४ घरमा क्षति | Samacharpati पहिरोले घान्द्रुकका ४ घरमा क्षति – Samacharpati
Samacharpati
आइतवार, अशोज १०, २०७८
  • होमपेज
  • पहिरोले घान्द्रुकका ४ घरमा क्षति

पहिरोले घान्द्रुकका ४ घरमा क्षति

पहिरोले घान्द्रुकका ४ घरमा क्षति
photo: Amrit Gurung

घान्द्रुक, २ असार । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. १० घान्द्रुकमा पहिरोले ४ वटामा घरमा क्षति पुगेको छ ।

अबिरल वर्षाका कारण आएको पहिरोले स्थानिय प्रतिक्षा गुरुङ , छबि राना मगर, बुद्दिराज परियार र मनभुजा परियारको घर पुर्ण रुपमा क्षति भएको छ । अबिरल बर्षाका कारण पहिरोले घर लगेको छ भने अन्य क्षति हुने सम्भाबना रहेको छ । नजिकै रहेको प्रहरि चौकि लगाएत को बस्ति समेत जोखिम मा रहेको जनाइएको छ ।

जोखिम बढेकाले “तत्काल उद्दार र राहत मा जुटन स्थानिय तह र गाउले दाजु भाइ सग अनुरोध गर्दछु” भनेर रेडक्रसकर्मी सुरेन्द्र गुरुङले आफ्नो फेसबुकमा लेख्नुभएको छ ।

 

आजको ट्रेन्डिङ समाचार