बाढीबारे थाहा पाउन ११५५ मा फोन गर्नुहोस् | Samacharpati बाढीबारे थाहा पाउन ११५५ मा फोन गर्नुहोस् – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • बाढीबारे थाहा पाउन ११५५ मा फोन गर्नुहोस्

बाढीबारे थाहा पाउन ११५५ मा फोन गर्नुहोस्

बाढीबारे थाहा पाउन ११५५ मा फोन गर्नुहोस्

काठमाण्डाै । मनसुन सुरु भएसँगै बाढी पहिरोका घटना बढ्न थालेका छन् । आइतबारदेखिको झरीले देशका धेरै नदी खोलामा बाढी आएको छ । अझै केही दिन ठूलो पानी पर्ने सम्भावना भएकाले बाढीको जोखिम अझै बढ्ने मौसमविदले बताएका छन् ।

बाढी पहिरोबाट हुने जनधनको क्षति रोक्न पूर्व सूचना प्रणालीलाई व्यवस्थित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार वर्षा र बाढीबारेको जानकारी थाहा पाउन ११५५ नम्बरमा फोन गर्न सकिन्छ । यस्तै ११४९ नम्बरमा फोन गरेर उद्धारको लागि सहायता माग्न सकिन्छ ।

यस वर्ष बाढी तथा पहिरो दुवैको पूर्वानुमान गर्न सकिनेगरी प्रणालीको विकास गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पहिलेका वर्षहरुमा बाढीको मात्र पूर्वानुमान गर्ने गरिएकोमा यस वर्षदेखि पहिरोको पनि पूर्वानुमान गर्न सकिने सूचना प्रणाली विकास गरिएको छ । पहिरोको अति जोखिम रहेका नौ जिल्लामा यो प्रणाली विकास गरिएको पनि प्राधिकरणले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार