नेलम्बो नेपालको वातावरण सम्बन्धी वृक्षारोपण कार्यक्रम संचालन | Samacharpati नेलम्बो नेपालको वातावरण सम्बन्धी वृक्षारोपण कार्यक्रम संचालन – Samacharpati
Samacharpati
शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
  • होमपेज
  • नेलम्बो नेपालको वातावरण सम्बन्धी वृक्षारोपण कार्यक्रम संचालन

नेलम्बो नेपालको वातावरण सम्बन्धी वृक्षारोपण कार्यक्रम संचालन

नेलम्बो नेपालको वातावरण सम्बन्धी वृक्षारोपण कार्यक्रम संचालन

पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले शिक्षा, स्वास्थ्य रवातावरण सम्बन्धी कार्यहरु गर्दै आईरहेको छ ।

हाल विश्वप्यापी फैलिएको कोभिड १९ मा विश्वजगत नै आक्रान्त भईरहेको विषम् परिस्थितिमा नेपाललाई पनि अछुतो राख्न सकेन विगत एक वर्ष देखि नेपालमा कोभिड १९ ले जनजीवन तर्सित भई रहेको अवस्थामा नेलम्बो नेपाल कोभिड १९ रोगको रोकथाम तथा नियन्त्रणमा सुरुवाती चरण देखि लागि रहेको छ र हाल उक्त कार्यक्रमलाई निरन्तर दिनहुँ जसो सहयोग गदैै आई रहेको छ । भने नियमित कार्यक्रमलाई पनि सँगै अगाडी बढाई रहेको नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले बताउनु भयो । माछापुच्छ«े गाउँपालिका वडा नं. ७ धम्पुस ढाँडा लाई गत वर्ष ८०० बोट विरुवा हस्तान्तरण गरि वृक्षारोपण गरेको र यस वर्ष त्यस समुदायको मागलाई मध्यनजर राखि १०२० डाले घाँसका विरुवाहरु बकाइनो १५० वटा, राइखन्यु १५० वटा, टाँकी १५० वटा, भटमास १५० वटा, जापानीज कटुस २० वटा, इपिलिपि १०० वटा, बडहर १५० वटा र कुरिलो १५० वटा त्यस सृर्जनाटोलमा रहेको सृर्जना साँस्कृतिक परिवारको रोवहरमा अध्यक्ष रामचन्द्र भण्डारी, टोल संयोजक गोविन्द राज भण्डारी, समाज सेवी अमृत कुमार भण्डारी लगायतको नेतृत्वमा वोट विरुवा हस्तान्तरण गरि वृक्षारोपण गरिएको हो ।

प्रतिकुल मौसमका बावजुत पनि स्थानीयको अग्रसरताले उक्त बोट विरुवा रोपीएको हो । त्यस टोलमा पछिल्लो समय युवाहरु आधुनिक कृषि पेशालाई अगाडी बढाएको र करिब ७० घर कुरीया मध्ये ५० प्रतिशतले बाख्रा पालनवाट राम्रो सफलता हाशिल गरेको हुदाँ अन्य बोट विरुवा भन्दा पनि खेरा गईरहेको पाखोमा डालेघाँसका वोट विरुवाको माग गरि वृक्षारोपण गरिएको साँस्कृतिक परिवारका अध्यक्ष रामचन्द्र भण्डारीले बताउनु भयो ।

नेलम्बो नेपालले यस टोलमा वातावरण सम्बन्धी वर्षेनी कार्यक्रमहरु गरि यस गाउँलाई विभिन्न क्षेत्रमा सहयोग गरेको वातावरण सरसफाईका लागि फोहोर मैला व्यवस्थापन टोकरी वातावरण संरक्षणको लागि वृक्षारोपण, स्वास्थ्य सम्बन्धी औषधीको उपलब्धताले दुर्गम गाउँलाई पनि सरलता पु¥याएकोमा नेलम्बो नेपाल प्रति धनयवाद व्यक्त गर्दै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गरेको टोल संयोजक गोविन्द राज भण्डारीले बताउनु भयो ।

उक्त वोट विरुवा नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले साँस्कृतिक परिवारका अध्यक्ष भण्डारीलाई हस्तान्तरण गरेको थिए ।

आजको ट्रेन्डिङ समाचार