संस्कृत यूवा मञ्च नेपाल पोखराको आयोजनामा घुम्ति आकस्मिक रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारीका कारण पोखरामा रगत अभाव भएको भन्दै मञ्चले पोखराका विभिन्न स्थानमा गरेर १०८ प्वाइन्ट रगत संकलन गरेको छ ।
पोखराको काहु, फूलबारी, सिमलचौरमा स्थास्थ्य सचेतनाको पूर्ण पालना गर्दै रक्तदान कार्यक्रम गरिएको मञ्चका अध्यक्ष हरिशरण पौडेलले बताए । सो अवसरमा रक्तदान अभियानमा सक्रियता सहित ६८ औँ पटक रक्तदान गर्ने रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापा, क्षत्री युवा समाजका पूर्व अध्यक्ष युवा व्यवसायी सुवास ढुङ्गाना लाई सम्मान गरिएको थियो । हरेक वर्ष वार्षिक रुपमा रक्तदान गरिएतापनि गएको वर्षदेखि विभिन्न क्षेत्रमा आकस्मिक रुपमा रक्तदान सहित धर्म संस्कृति, संरक्षण अभियानमा मञ्च सक्रिय रहदै आएको सचिव विश्वराज सापकोटाले बताए । कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका १३ अध्यक्ष दर्शन लामाले युवा वर्गले सामाजिक रचनात्मक क्रियाकलापमा लाग्न मञ्चले भूमिका खेलेको बताए ।
मञ्चका अध्यक्ष हरिशरण पौडेलको सभापतित्वमा भएको कार्यक्रममा रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापा, क्षत्री युवा समाजका पूर्व अध्यक्ष सुवास ढुङ्गाना, रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, सल्लाहकार दिपक सापकोटा, गिरिधर आचार्य, उपाध्यक्ष रामकृष्ण अर्याल, कार्यक्रम संयोजक गिरिराज पौडेल, हरिप्रसाद पौडेल, दिपेश पराजुली, सचिव विश्वराज सापकोटा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।