गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त | Samacharpati गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन । प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन । पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । पाेखरेल गण्डकी प्रदेशका दाेश्राे मुख्यमन्त्री हुन् ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । कांग्रेस सांसद बिन्दुकुमार थापाले अबको डेढ घण्टाभित्र सपथ हुने भन्दै प्रदेश प्रमुखको कार्यालयबाट जानकारी आएको बताए ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डि अर्यालले पनि पोखरेलाई मुख्यमन्त्रीमा नियुक्त गरेको पुुष्टि गरे । यसअघि पृथ्वी सुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दावी पेश गरेपछि शनिबार दिनभर राजनीतिक क्षेत्रमा किचलो उत्पन्न भएको थियो । विश्वासको मत नपाएको अवस्थामा पनि गुरुङले मुख्यमन्त्रीमा दावी पेश गर्दा आलोचना भएको थियो । पोखरेललाई मुख्यमन्त्री बनाउन कांग्रेस, एमाले, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार