गण्डकी प्रदेशः प्रदेश प्रमुख कार्यालयमा विपक्षी दलको धर्ना | Samacharpati गण्डकी प्रदेशः प्रदेश प्रमुख कार्यालयमा विपक्षी दलको धर्ना – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशः प्रदेश प्रमुख कार्यालयमा विपक्षी दलको धर्ना

गण्डकी प्रदेशः प्रदेश प्रमुख कार्यालयमा विपक्षी दलको धर्ना

गण्डकी प्रदेशः प्रदेश प्रमुख कार्यालयमा विपक्षी दलको धर्ना

मुख्यमन्त्रीमा दावी गरेको विपक्षी गठबन्धन दल प्रदेश प्रमुख कार्यालयमा पुगेका छन । शुक्रबार कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउने प्रस्ताव सहित सशरीर ३१ जना र उनीहरुको हस्ताक्षर (बहुमत) पु¥याएर दावी पेश गरेका थिए ।

तर, शनिबार पृथ्वी सुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दावी पेश गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन । राष्ट्रिय जनमोर्चा (राजमो) र जनता समाजवादी पार्टी (जसपा)को समर्थनको पत्रसहित मुख्यमन्त्रीमा गुरुङले पनि दाबी गरेका छन ।

विपक्षी गठबन्धनले अहिले प्रदेश प्रमुख कार्यालय अगाडि धर्ना दिएका छन् । विपक्षी गठबन्धनले भने केपी ओपीको प्रतिगमन दोहोरिएको बताएको छ । यो केपी ओलीको असंवैधानिक कदमको निरन्तरता भएको प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

आजको ट्रेन्डिङ समाचार