स्थापना दिवसमा प्रेस युनियन कास्कीद्वारा शुभकामना | Samacharpati स्थापना दिवसमा प्रेस युनियन कास्कीद्वारा शुभकामना – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • स्थापना दिवसमा प्रेस युनियन कास्कीद्वारा शुभकामना

स्थापना दिवसमा प्रेस युनियन कास्कीद्वारा शुभकामना

स्थापना दिवसमा प्रेस युनियन कास्कीद्वारा शुभकामना

पोखरा। नेपाल प्रेस युनियनको ३० औं स्थापना दिवसमा नेपाल प्रेस युनियन कास्कीले शुभकामना व्यक्त गरेको छ ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले विज्ञप्ति प्रकाशित गरी शान्ति, लोकतन्त्र, प्रेस स्वतन्त्रता, सूचनाको हकप्रति सदैव प्रतिवद्व रहदै आम श्रमजीवीको पेशागत अधिकार सुनिश्चितताका लागि युनियन कटिवद्व रहेको जनाउनु भएको छ ।

श्रमजीवी पत्रकारहरुको हकहित संरक्षणमा स्थापनाकालदेखि नै युनियनले भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै हालसम्म युनियनको विकास र विस्तारमा योगदान पु¥याउने सबैप्रति सम्मान व्यक्त गरिएको छ ।

कोराना महामारीका कारण सृजना भएको असहज अवस्थामा पनि जनतालाई सुुसुचित गर्ने अभियानमा उच्च मनोबलका साथ पत्रकारहरुले निर्वाह गरेको भूमिकाको सम्मान गर्दछौ, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा यतिबेला पत्रकारको स्वास्थ्य सुरक्षाको सवाल अत्यन्त महत्वपूर्ण रहेको भन्दै सतर्कता अपनाएर कार्यक्षेत्रमा खट्न आग्रह गर्र्दै पत्रकारका समस्यामा युुनियन सदैव साथमा रहने उल्लेख गर्नुभएको छ ।

कोरोना संक्रमित पत्रकारको शिघ्र स्वास्थ्थ लाभको कामना गर्दै दिवंगत पत्रकारप्रति श्रद्वाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

 

आजको ट्रेन्डिङ समाचार