स्वास्थ्य पूर्वाधार निर्माणका लागि गण्डकीका ७३ स्थानीय तहलाई पाँच पाँच लाख • Nepal's Trusted Digital Newspaperस्वास्थ्य पूर्वाधार निर्माणका लागि गण्डकीका ७३ स्थानीय तहलाई पाँच पाँच लाख • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • स्वास्थ्य पूर्वाधार निर्माणका लागि गण्डकीका ७३ स्थानीय तहलाई पाँच पाँच लाख

स्वास्थ्य पूर्वाधार निर्माणका लागि गण्डकीका ७३ स्थानीय तहलाई पाँच पाँच लाख

  • शनिबार, जेष्ठ ८, २०७८
स्वास्थ्य पूर्वाधार निर्माणका लागि गण्डकीका ७३ स्थानीय तहलाई पाँच पाँच लाख

गोरखा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका ७३ वटा स्थानीय तहलाई स्वास्थ्य पूर्वाधार विकासका लागि पाँच/पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन्।

शुक्रबार  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत पदभार ग्रहण गरेपछि मुख्यमन्त्री गुरुङले उक्त निर्णय गरेका हुन्। पदभार ग्रहणपछि उनले भने, ‘सरकारले स्वास्थ्य मन्त्रालय स्मार्ट बनाउने हो। अब स्मार्ट हेल्थको कार्यक्रम अघि बढाउने हो। जिल्ला अस्पतालहरुको सुदृढीकरण गर्ने हो।’

मुख्यमन्त्री गुरुङले मागको आधारमा स्वास्थ्य पूर्वाधार विकासका लागि रकम उपलब्ध गराउने निर्णय गरेको बताउँदै बाँकी स्थानीय तहलाई पनि माग हुनासाथ रकम विनियोजन गर्ने बताए। विनियोजितरकम स्वास्थ्य सुरक्षा सामग्रीसहित कोभिड रोकथामका काममा खर्चन सक्ने बताइएको छ।

मुख्यमन्त्री गुरुङले दोस्रो र तेस्रो लहरको कोभिड १९ रोकथामका लागि खोप र अक्सिजन प्लान्टमा जोड दिनुपर्ने बताए। ‘कोभिडको क्षेत्रमा काम गर्न खर्चिलो छ। तर, बजेट जुटाइन्छ, जसरी पनि पूरा गर्नुपर्छ। हामीलाई जनता बचाउने जिम्मेवारी छ,’ उनले कर्मचारीलाई निर्देशन गर्दै भने, ‘खर्च र जनशक्ति कति चाहिन्छ भन्नुहोस्। म सबै पूरा गराउँछु तर सेवा दिनुहोस्।’

खोप खरिद गर्ने, भण्डारण गर्ने र गाउँगाउँसम्म खोप पुर्‍याउन लाग्नुपर्नेमा उनको जोड थियो। वैज्ञानिक ढंगले जनस्वास्थ्यको पुनसंरचना गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। कोभिड १९ रोकथाम र उपचारका लागि निजी अस्पतालहरुसँग समन्वय गर्ने, स्थानीय तहहरुसँग समन्वयन गर्ने मुख्यमन्त्री गुरुङले बताए।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका