लमजुङ भुकम्प अपडेट : ४ जना घाइते, ७ वटा घर भत्के | Samacharpati लमजुङ भुकम्प अपडेट : ४ जना घाइते, ७ वटा घर भत्के – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • लमजुङ भुकम्प अपडेट : ४ जना घाइते, ७ वटा घर भत्के

लमजुङ भुकम्प अपडेट : ४ जना घाइते, ७ वटा घर भत्के

लमजुङ भुकम्प अपडेट :  ४ जना घाइते, ७ वटा घर भत्के

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ भुलभुले केन्द्रविन्दु रहेर विहान ५ बजेर ४२ मिनेटमा ५.८ रेक्टर स्केलको भूकम्प जाँदा ४ जना घाइते भएकाे समाचार प्राप्त भएकाे छ । यस्तै ७ वटा ङर भत्केकाे जानकारी प्राप्त भएकाे लमजुङ प्रहरीलाइ उदृत गर्दै लमजुङ सम्वाददाता प्रमोद अधिकारीले जानकारी दिनुभयो ।

बेसीशहर वडा नं. ६ चनौटे स्थित एक कच्ची घर भत्किदा वर्ष ३६ की उमा गुरुङ घाइते हुनुभएको छ । उहाँको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । अहिले सम्मको जानकारी अनुसार बेसीशहर ११ की खका कुमारी गुरुङ, मस्र्याङ्दी गाउँपालिकाका २२ वार्षीय गोविन्द अधिकारी र २९ वर्षीय खुशी गुरुङ घाइते हुनुभएको छ ।

लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म सात वटा घर भत्केका छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले बताए । उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् । घाइतेलाई जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

आजको ट्रेन्डिङ समाचार