कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु, ८,२०३ संक्रमित थपिए | Samacharpati कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु, ८,२०३ संक्रमित थपिए – Samacharpati
Samacharpati
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु, ८,२०३ संक्रमित थपिए

कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु, ८,२०३ संक्रमित थपिए

कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु, ८,२०३ संक्रमित थपिए

४ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

, तेह्रथुममा २६, उदयपुर र बारामा २५/२५ जना, ताप्लेजुङमा २२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै रूकुम पश्‍चिममा १८, रसुवामा १६, जुम्लामा १५, सर्लाही र कपिलवस्तुमा १४/१४ जना, म्याग्दीमा १२, बर्दियामा ११, सोलुखुम्बु र रोल्पामा १०/१० जना, कैलालीमा ९, ओखलढुंगामा ७, मकवानपुरमा ५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

भोजपुर र प्‍युठानमा ४/४ जना, खोटाङ र बागलुङमा २/२ जना तथा पाँचथर र संखुवासभा, मुस्ताङ, कालिकोट, मुगु र हुम्लामा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १७१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनिका ५१० जनामा कोरोना संक्रमण देखिएको छ ।

आजको ट्रेन्डिङ समाचार