निषेधाज्ञामा यसरी गर्नुहोस मानसिक स्वास्थ्यको स्याहार | Samacharpati निषेधाज्ञामा यसरी गर्नुहोस मानसिक स्वास्थ्यको स्याहार – Samacharpati
Samacharpati
सोमवार, साउन ११, २०७८
  • होमपेज
  • निषेधाज्ञामा यसरी गर्नुहोस मानसिक स्वास्थ्यको स्याहार

निषेधाज्ञामा यसरी गर्नुहोस मानसिक स्वास्थ्यको स्याहार

निषेधाज्ञामा यसरी गर्नुहोस मानसिक स्वास्थ्यको स्याहार

पोखरा । देशमा कोरोना भाइरस कोभिड १९ को दोश्रो चहर फैलिरहेको छ । देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ । अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । कसैले बाहिर निस्कन दिएपनि निस्कन नुहेन स्थिति छ, किनकी हामी आफै कोरोनाका भएको ठाउँमा पुग्यौँ भने मात्रै कोरोना सर्ने हो, आफै आउने होइन त्यसैले घर भित्रै बस्नु परेको छ ।

सरकारले पनि त्यसै भनेको छ, तर घरभित्र बसीरहँदा वा निषेधाज्ञाका बेलामा मानसिक स्वास्थ्यमा समस्या भएको हामीले सुन्दै आएका छौँ । त्यसैले आज हामीले यहाँहरुलाई गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जारी गरेको मानसिक स्वास्थ्यको स्याहार सम्बन्धी महत्पवुर्ण जानकारी दिदै छौँ, हेर्नुहोस ।

दैनिक कार्यतालिका बनाएर आफ्नो दिनचर्यालाई व्यस्त तथा सक्रिय राखौँ
घरायसी काम तथा पारिवारिक छलफलमा सहभागि होऔँ ।
आफ्नो रुचिका खेल खेलौँ, किताब पढ्ने, लेख्ने, रचनात्मक चलचित्र हेर्ने गरौँ ।
तनाव व्यवस्थापन गर्न गाह्रो परे मनोचिकित्सक वा मनोविद्संग परामर्श गर्न १०९२ मा सम्पर्क गरौँ ।
पर्याप्त मात्रामा सुत्ने गर्नुहोस ।
सामाजिक सञ्जालको प्रयोग घटाऔँ र अधिक समाचार नहेरौँ ।
टाढा भएपनि आफन्त र साथीभाईसंग नियमित सम्पर्कमा रहौँ ।
नियमित रुपमा शारीरिक व्यायाम, योग तथा ध्यान गरौँ ।
सजिलोसंग पच्ने र पोषणयुक्त खानेकुरा खाऔँ ।

आफुले पनि लागु गरौँ र अरुलाई पनि यसै गर्न भनाैँ, कोरोना सम्बन्धी भयभित पार्ने समाचार भन्दा यस्ता जानकारी मुलक समाचार र सामाग्री आफ्नो फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा सेयर गरौँ । –सम्पादक । #सेयर_गर्नुस_है_कसैलाइ_आवस्यक_परिरहेको_हुनसक्छ……

आजको ट्रेन्डिङ समाचार