गण्डकी प्रदेशमा ५ सय ६ जना संक्रमित थपिए, हेर्नुहोस कुन जिल्लामा कति थपिए | Samacharpati गण्डकी प्रदेशमा ५ सय ६ जना संक्रमित थपिए, हेर्नुहोस कुन जिल्लामा कति थपिए – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशमा ५ सय ६ जना संक्रमित थपिए, हेर्नुहोस कुन जिल्लामा कति थपिए

गण्डकी प्रदेशमा ५ सय ६ जना संक्रमित थपिए, हेर्नुहोस कुन जिल्लामा कति थपिए

गण्डकी प्रदेशमा ५ सय ६ जना संक्रमित थपिए, हेर्नुहोस कुन जिल्लामा कति थपिए

पोखरा, ३० बैशाख । गएको २४ घण्टामा गण्डकी प्रदेशमा थप ५ सय ६ जना कोरोना संक्रमित थपिएका छन् ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २५ हजार ९ सय ५३ पुगेको छ । गएको २४ घण्टामा गण्डकी प्रदेशमा १४ जनाको मृत्यु भएको छ । यो संगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ३ सय १८ पुगेको छ ।

गएको २४ घण्टामा म्याग्दीमा , पर्बतमा ११, गोरखा २ लमजुङ २ तनहुँ २७, कास्की २१०, बागलुङ ११९, स्याङजा १६ र नवलपरासी पुर्व ९१ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । गएको २४ घण्टामा म्याग्दीमा १, कास्कीमा ९ र बागलुङमा ४ जनाको मृत्यु भएको जनाइएको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ सय ४५ जना निको भएका छन् भने प्रदेशमा अहिलेसम्म कुल १८६०४ जना संक्रमण मुक्त भएको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ७ हजार ३१ जना रहेका छन् । यो प्रदेशमा ६ हजार ८ सय ६८ जना होम आइसोलेसनमा रहेको गण्डकी प्रेदश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।


आजको ट्रेन्डिङ समाचार