पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएका छन् । केही बेरअघिमात्र उनले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा बुझाएका हुन् ।
अधिवेशन बोलाएका थिए । अविश्वास प्रस्तावमाथि बैशाख १५ मा मतदान हुने कार्यसूची रहेकोमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही हराएको भन्दै सचेतक पियारी थापाले निवेदन दिएपछि सभामुख नेत्रनाथ अधिकारीले अधिवेशन अनिश्चितकालीन स्थगीत गरेका थिए । त्यसपछि सोमबारलाई अविश्वास प्रस्तावमाथि मतदान गर्ने दिन तोकिएको थियो । उनले राजीनामा दिएका हुन् ।