काठमाडौं।जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् ।
आज केहीबेर अघिदेखि सभापति देउवासँग छलफल भइरहेको स्वकीय सचिव भानु देउवाले देखापढीलाई बताए। माधव नेपाल समूहले राजीनामा दिएर प्रधानमन्त्रीलाई असहयोग गर्ने निष्कर्षमा पुगेका बेला जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो देउवासँग भेट्नुलाई अर्थपूर्ण मानिएको छ।