काठ्माण्डौ । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको छ । बैठकले ओलीलाई २०७५ जेठ २ गते फर्कन अल्टिमेटम दिएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताउनुभयो ।
तर अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरु तयार भएका छन् । यसबारे थप छलफल गर्न आज स्थायी कमिटी सदस्यहरुको बैठक हुँदैछ ।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति भोलि संसद्को अधिवेशन बोलाइएको छ । त्यस अगाडि नै ओली २८ फागुन यताको निर्णय रद्ध गर्न तयार नभए नेपाल समूहका सांसदहरुले राजीनामा गर्ने तयारी भएको छ ।