प्रधानमन्त्रीको कोभिड परीक्षण नेगेटिभ, २६ सांसदलाई संक्रमण • Nepal's Trusted Digital Newspaperप्रधानमन्त्रीको कोभिड परीक्षण नेगेटिभ, २६ सांसदलाई संक्रमण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रधानमन्त्रीको कोभिड परीक्षण नेगेटिभ, २६ सांसदलाई संक्रमण

प्रधानमन्त्रीको कोभिड परीक्षण नेगेटिभ, २६ सांसदलाई संक्रमण

  • शनिबार, बैशाख २५, २०७८
प्रधानमन्त्रीको कोभिड परीक्षण नेगेटिभ, २६ सांसदलाई संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीको कोभिड पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । हिजो बालुवाटारमा गरिएको एक सय बढीको परीक्षणमा एक दर्जन जतिलाई कोरोना देखिएको बालुवाटार स्रोतले जनाएको छ । तर प्रधानमन्त्री ओली भने सुरक्षित हुनुहन्छ ।

त्यस्तै संसद सचिवालयले गरेको १२ सय ३५ जनाको पीसीआर परीक्षणमा १२ प्रतिशतलाई संक्रमण भएको संसद सचिवालय स्रोतले जनाएको छ । यही बैशाख २२, २३ र २४ गते गरिएको परीक्षणमा प्रतिनिधिसभाका १८ र एक जना राष्ट्रिय सभाका १ गरी १९ जना सांसदलाई कोरोना देखिएको छ । त्यसैगरी अहिलेसम्म २६ सांसद संक्रमित छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका