पोखरा । कोरोनाको दोश्रो लहर बढेसंगै देशका विभिन्न ठाउँमा अक्सिजनका सिलिण्डरको अभाव भएको छ । यस्तै कास्कीमा पनि आगामी दिनमा अक्सिजनको सिलिण्डर अभाव हुन सक्ने अवस्थालाई ध्यान दिएर कास्की प्रहरीले सिलिण्डर संकलन गरेको छ ।
प्रहरीले पोखराका बिभिन्न कम्पनीका अक्सिजन ग्याँस सिलिण्डर कोरोना संक्रमण सकिएपछि सम्बन्धीत कम्पनीलाई हस्तान्तरण गर्ने गरि १ सय ८७ सिलिण्डर संकलन गरेको हो ।
ति सिलिण्डरहरु पछी सम्बन्धित संस्था तथा कम्पनीहरुलाई नै फिर्ता गर्नेगरि कोरोना संक्रमितको उपचारमा संलग्न अस्पताललाई हस्तान्तरण गर्ने कास्की प्रहरीले बताएको छ ।
यसैबीच कास्की प्रहरीले कतै ग्यासको सिलिण्डर खालि भए सम्पर्क गर्न समेत आग्रह गरेको छ ।