मध्य भोटेकोसीको आइपिओ निष्काशन स्थगित • Nepal's Trusted Digital Newspaperमध्य भोटेकोसीको आइपिओ निष्काशन स्थगित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मध्य भोटेकोसीको आइपिओ निष्काशन स्थगित

मध्य भोटेकोसीको आइपिओ निष्काशन स्थगित

  • शुक्रबार, बैशाख २४, २०७८
मध्य भोटेकोसीको आइपिओ निष्काशन स्थगित

२४ बैशाख : काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपिओ  निष्काशन स्थगित भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि निष्कासन खुला गरेको आइपिओ तत्काललाई बन्द हुने जनाएको  छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण सिन्धुपाल्चोक जिल्लामा (वैशाख २३ गते) देखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको समयमा स्थानीयवासीलाई आइपिओ भर्नका लागि हिँडडुलमा समस्या हुने भएकाले तत्काललाई स्थगित गर्न लागिएको हो ।\

अब कहिलेबाट बिक्री खुला गर्ने भन्ने बारेमा अर्को सूचना सार्वजनिक गरिने पनि बिक्री प्रबन्धकले जानकारी दिएको छ । मध्य भोटेकोशीले वैशाख २१ गतेबाट सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले कुल ६० लाख कित्ता आइपिओमध्ये ३०% ले हुने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिङ गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्टयाइएको छ । यस्तै, ७०% ले हुन आउने ४२ लाख कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याइएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका