‘आईसीसी प्लेयर अफ द मन्थ’मा कुशल भुर्तेल मनोनित | Samacharpati ‘आईसीसी प्लेयर अफ द मन्थ’मा कुशल भुर्तेल मनोनित – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • ‘आईसीसी प्लेयर अफ द मन्थ’मा कुशल भुर्तेल मनोनित

‘आईसीसी प्लेयर अफ द मन्थ’मा कुशल भुर्तेल मनोनित

‘आईसीसी प्लेयर अफ द मन्थ’मा कुशल भुर्तेल मनोनित

२४ बैशाख  दुबई : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अप्रिल महिनाका लागि ‘आईसीसी प्लेयर अफ द मन्थ’ मा नेपालका कुशल भुर्तेलको नाम मनोनयन गरेको छ। मनोनयनमा कुशलसँगै पाकिस्तानका बाबर अजाम र फखर जमान परेका छन्।

कुशलले भर्खरै सम्पन्न त्रिदेशीय टी–२०आई सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई सरिज जिताउन महत्वपूर्ण योगदान गरेका थिए। आईसीसीले सोही प्रदर्शनको आधारमा उनलाई ‘प्लेयर अफ द मन्थ’मा मनोनयन गरिएको जनाएको छ।

कुशलले डेब्यू खेलदेखि लगातार तीन अर्धशतक प्रहार गरेका थिए। उनले डेब्यू खेलदेखि टी–२०आईमा लगातार तीन अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेर इतिहास रचेका थिए।

कुशलले नेपाल, नेदरल्यान्ड र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजमा २७८ रन प्रहार गरेका थिए।

मनोनयनमा परेका कुशललाई आईसीसीको वेबसाइटमा गएर भोट गर्न सकिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

आजको ट्रेन्डिङ समाचार