अक्सिजन नपाउँदा भक्तपुर इन्टरनेशनल हस्पिटलमा एक कोरोना संक्रमितको मृत्यु | Samacharpati अक्सिजन नपाउँदा भक्तपुर इन्टरनेशनल हस्पिटलमा एक कोरोना संक्रमितको मृत्यु – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • अक्सिजन नपाउँदा भक्तपुर इन्टरनेशनल हस्पिटलमा एक कोरोना संक्रमितको मृत्यु

अक्सिजन नपाउँदा भक्तपुर इन्टरनेशनल हस्पिटलमा एक कोरोना संक्रमितको मृत्यु

अक्सिजन नपाउँदा भक्तपुर इन्टरनेशनल हस्पिटलमा एक कोरोना संक्रमितको मृत्यु

२४ बैशाख भक्तपुर : कौशलटारस्थित भक्तपुर इन्टरनेशनल हस्पिटलमा अक्सिजन अभावमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। कमलविनायकका ४५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो।

त्यस्तै, सोही अस्पतालमा अक्सिजन नभएपछि ललितपुरको अल्का अस्पताल रिफर गरिएका पोखरा स्थायी घर भई भक्तपुर बस्दै आएका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। उक्त अस्पतालले अक्सिजन अभाव भएको बताउँदै अन्य बिरामीलाई पनि अन्यत्र रिफर गरेको स्रोतले बताएको छ। अक्सिजनको अभावमा बिरामीको मृत्यु हुनुका साथै अन्य बिरामीलाई धमाधम रिफर गर्न थालेपछि बिरामीका आफन्तले राति अस्पतालका चिकित्सकलाई हातपात समेत गरेको बताइएको छ।

यस सम्बन्धमा अस्पतालका प्रमुख श्यामकृष्ण श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन्। पहिले मोबाइल फोन नउठाएका उनले पछि मोबाइल फोन नै स्विच अफ गरे। भक्तपुर इन्टरनेसनल हस्पिटल हालै मात्र सञ्चालनमा आएको अस्पताल हो।

आजको ट्रेन्डिङ समाचार