किरण गुरुङको अपिल : हठ त्यागौँ, मिलन बिन्दु खोजौँ | Samacharpati किरण गुरुङको अपिल : हठ त्यागौँ, मिलन बिन्दु खोजौँ – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • किरण गुरुङको अपिल : हठ त्यागौँ, मिलन बिन्दु खोजौँ

किरण गुरुङको अपिल : हठ त्यागौँ, मिलन बिन्दु खोजौँ

किरण गुरुङको अपिल : हठ त्यागौँ, मिलन बिन्दु खोजौँ

२३ पोखरा :

नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले पार्टी एकताको बिन्दु खाेज्न सबैलाई आग्रह गरेका छन्।

पार्टी फुटको संघारमा पुगेका बेला शिर्ष नेताहरूलाई गुरुङले हठ त्यागेर एकता पार्टी एकता जोगाउनुपर्नेमा जाेड दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘इख र बदलाको भावना त्यागाैँ, आफ्नाे भित्र एक अर्कालाई आराेप प्रत्यारोपण र निषेधको राजनीति छाडाैँ।’

​उनले शिर्ष नेताहरूलाई पार्टी एकढिक्का बनाउने वातावरण बनाउनसमेत आग्रह गरेका छन्। उनले एमाले पार्टी र कम्युनिस्ट आन्दोलन एक जनाले मात्रै यहाँसम्म नल्याएको समेत बताएका छन्।

हामी किन बुझ्दैनाैँ? हठ त्यागाैँ, अहमता त्यागौँ, म मात्रै सही छु भन्ने विचार छाडाैँ। पार्टी एकताबद्ध बनाउने मिलन बिन्दु खाेजाैँ उनले लेखेका छन्, आफू पनि डुब्ने अरूलाई पनि डुबाउने खेल नखेलाैँ।’

उनले पार्टी एकतालाई जोगाएर कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने सबैलाई अपिल समेत गरेका छन्।

आजको ट्रेन्डिङ समाचार