आजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बन्द • Nepal's Trusted Digital Newspaperआजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बन्द • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बन्द

आजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बन्द

  • बिहिबार, बैशाख २३, २०७८
आजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बन्द

२३ बैशख :  अन्तर्राष्ट्रिय हवाइ उडान आजदेखि बन्द हुने भएको छ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो।  वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले आजदेखि बैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको थियो।

आन्तरिक उडान भने बैशाख २१ गते राति देखि नै रोकिएका छन्। अत्यावश्यक पर्दा आन्तरिक तथा बाह्‍य चार्टर उडान हुने भएको छ।

हिजो मात्रै आन्तरिकतर्फ दुई जहाज कम्पनी तथा १० हेलिकप्टर कम्पनीले ४१ उद्धार उडान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका