गण्डकी र सुदुरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त | Samacharpati गण्डकी र सुदुरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • गण्डकी र सुदुरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

गण्डकी र सुदुरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

गण्डकी र सुदुरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठ्माण्डौ । सरकारले गण्डकी प्रदेश प्रमुखमा सिता पौडेललाई नियुक्ति गर्न सिफारीस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गङ्गाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

यसअघि गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त पदमुक्त भएपछि उहाँहरूको ठाउँमा पौडेल र यादवलाई नियुक्त गरिएको हो ।

दुवै प्रदेशमा माओवादी निकटका प्रदेश प्रमुख थिए । प्रदेश प्रमुखका कारण गण्डकीमा एमाले सरकारले मनपरी गर्न नपाएको र सुदूरपश्चिममा माओवादीको सरकारलाई सजिलो बनाइदिएको सरकारका मन्त्रीहरूले बताउँदै आएका थिए ।

आजको ट्रेन्डिङ समाचार