गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको अर्को बैठक अझै लम्बिने भएको छ ।
सोमबार बसेको कार्यव्यस्था समितिको बैठकले सबै दलको नेताको बैठकले मात्र टुंगो लगाउने निर्णय भएको छ ।
दलको नेताहरूको बैठक कहिले बस्ने भन्ने समय टुंगो लागेको छैन । दलका नेताहरूको बैठक भोलि बस्ने र त्यसपछि मात्र बैठकको मिति टुंग्याउने निर्णय भएको कांग्रेस सांसद कुमार खड्काले जानकारी दिए ।