कोरोना महामारीका कारण आगामी राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित हुने भएको छ। मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो।
तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले मन्त्रिपरिषदले निर्णय गरेको आफुले पनि सुनेको जानकारी दिँदै लिखित रुपमा चिठी भने आइनसकेको बताए ।
१२औं जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो। हाल देशभर सुपरिवेक्षकको तालिम चलिरहेको छ।नेपालमा वि।सं। १९६८ देखि हरेक दस–दस वर्षमा जनगणना हुने गरेको छ।