अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम • Nepal's Trusted Digital Newspaperअन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम

अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम

  • आइतवार, बैशाख १९, २०७८
अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम

अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम भएकी छन् ।

गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) को आयोजनामा सम्पन्न प्रतियोगितामा जापानका अभिनव गिरी द्वितिय भएका छन् भने पोर्चुगलकी मानस्वी खरालले तेस्रो स्थान हासिल गरेकी छन् ।

विजेता बलले एक हजार डलर, द्वितिय भएका गिरीले पाँच सय डलर र तेस्रो स्थान हात पारेकी खरालले तीन सय डलर पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा अंग्रेजी भाषा कविताको विधातर्फ उत्कृष्ट हुँदै अमेरिकाकी ओजस्वी पसछेले दुई सय डलरको पुरस्कार जितेकी छिन् ।

कार्यक्रमका विजेता सबैलाई प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बधाई दिँदै दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुले नेपाली भाषा, साहित्य र संस्कृतिलाई अनुशरण एवं प्रवर्धन गर्न विशिष्ट भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले एनआरएनए र अनेसास लगायतका संस्थाले अग्रणी भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो । त्यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले हरसम्भव सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथी पूर्व कुलपति एवं मूल्यांकन समितिका प्रमुख बैरागी काँइला, नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त , एनआरएनएका अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने र भवन भट्ट, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास ट्रस्टीका सभापति गीता खत्रीको उपस्थिति रहेको थियो ।

यस्तै वरिष्ठ साहित्यकारहरू अशेष मल्ल, दिनेश अधिकारी, प्रकाश सायमी र डा बिन्दु शर्माले आ (आफ्ना रचना वाचन एवं शुभकामना मन्तव्य दिनु भएको थियो ।

कार्यक्रममा अतिथी कविहरू रबिन शर्मा (जापान), हिमान्शु निभा कुँवर (अमेरिका) तीर्थ सङ्गम राई ं (कतार) गणेश खडका (अफ्रिका) इसिका अधिकारी (युरोप) केशव सिग्देल (नेपाल) गोवर्ध्दन पूजा (अमेरिका) र प्रविणा बराल (जापान) ले पनि आ आफ्ना कविता वाचन गरेका थिए ।

आयोजकका तर्फबाट एनआरएनएका पूर्व कोषाध्यक्ष एवम् भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा समितिका सहअध्यक्ष महेश्वर पन्तले प्रतियोगिताको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा एनआरएनएका महासचिव डा। हेमराज शर्मा, एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रम संयोजक अनेसासका महासचिव तथा एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यस्तै कार्यक्रममा मूल्यांकन समितिको तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा।डा। हेमनाथ पौडेलले नेपाली भाषाका प्रतियोगी र महेश पौडेलले अङ्ग्रेजी भाषाका प्रतियोगी मध्येबाट पुरस्कृत नामको घोषणा गर्नु भएको थियो ।

६० जना प्रतियोगी मध्येबाट अन्तिम चरणमा पुगेका कविहरू अभिनव गिरी, अंशु सुवाल, आगत खरेल, इभान्जेलिना बल, गुन्जना न्यौपाने, गङ्गा फुयाल, मानस्वी खराल, समृद्धि नेपाल, सरला बाराकोटी, सौगात पराजुलीले नेपालीमा र ओजस्वी पसछे, मारिया अधिकारी र प्रेमा पौड्यालले अङ्ग्रेजीमा कविता वाचन गरेका थिए ।

एनआरएनएका एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक पारसमणि पोखरेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता अनेसासका अध्यक्ष प्रकाश पौडेल ‘माइला’ले गर्नु भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका