विपतको यो राष्ट्रिय संकटसंग मुकाविला गर्न सरकारलाई राप्रपाको आग्रह | Samacharpati विपतको यो राष्ट्रिय संकटसंग मुकाविला गर्न सरकारलाई राप्रपाको आग्रह – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • विपतको यो राष्ट्रिय संकटसंग मुकाविला गर्न सरकारलाई राप्रपाको आग्रह

विपतको यो राष्ट्रिय संकटसंग मुकाविला गर्न सरकारलाई राप्रपाको आग्रह

विपतको यो राष्ट्रिय संकटसंग मुकाविला गर्न सरकारलाई राप्रपाको आग्रह

देश यस वखत कोरोना महामारीको महासंकटमा परेको छ ।

विपतको यो राष्ट्रिय संकटसंग मुकाविला गर्न राष्ट्रको सवै राजनीतिक, आर्थिक, वौद्धिक र प्राविधिक शक्तिहरुलाई एकीकृतगरी प्रभावकारीरुपले तत्काल परिचालन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारसंग आग्रह गरेको छ ।

संक्रमितहरुको निशुल्क र सहज उपचार हुने व्यवस्था तत्काल मिलाई प्रभावकारी कुटनीतिक प्रयासद्धारा संसारको कुनै पनि देशबाट कोरोना विरुद्धको खोप उपलब्ध गराई सहजरुपले सम्पूर्ण नेपालीलाई खोप लगाइ हाल्ने प्रभावकारी व्यवस्था तत्काल गर्न नेपाल सरकारसंग राप्रपा अपिल गरेको छ ।

यस कार्यमा सरकारसंग आवश्यक समन्वय गरी सहयोग गर्न राप्रपा तयार रहेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।
received_290769839185499

आजको ट्रेन्डिङ समाचार