कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्ने सम्भावना टर्दै,विद्यालयहरुले आन्तरिक मूल्यांकनबाट नतिजा दिने तयारी | Samacharpati कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्ने सम्भावना टर्दै,विद्यालयहरुले आन्तरिक मूल्यांकनबाट नतिजा दिने तयारी – Samacharpati
Samacharpati
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्ने सम्भावना टर्दै,विद्यालयहरुले आन्तरिक मूल्यांकनबाट नतिजा दिने तयारी

कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्ने सम्भावना टर्दै,विद्यालयहरुले आन्तरिक मूल्यांकनबाट नतिजा दिने तयारी

कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्ने सम्भावना टर्दै,विद्यालयहरुले आन्तरिक मूल्यांकनबाट नतिजा दिने तयारी

कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्ने सम्भावना टर्दै गएपछि विद्यालयहरुले आन्तरिक मूल्यांकनबाट नतिजा दिने तयारी थालेका छन् ।

काठमाडौं त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले शिक्षा ऐन, नियमावलीमा भएको व्यवस्थाअनुसार आन्तरिक मूल्यांकनबाट विद्यार्थीको कक्षा उन्नती गर्ने तयारी गरेको बताए ।

पाठ्यक्रम अनुसार सबै कक्षाको पढाइ सकिएकाले परियोजना कार्य, हाजिरी र त्रैमासिक परीक्षाको नतिजाका आधारमा मूल्यांकन गर्ने तयारी गरिएको प्रधानाध्यापक कँडेलको भनाइ छ । ‘सबैको पढाइ सकिएको छ । अब फेरि परीक्षा गर्ने सम्भावना कम हुँदै गएपछि आन्तरिक मूल्यांकनको आधारमा कक्षोन्नती गर्ने तयारी गरिरहेका छौं ।’

विद्यार्थीलाई परीक्षाको हाउगुजी देखाएर राख्नु भन्दा विद्यालयले परियोजना कार्य, नियमितता र त्रैमासिक परीक्षाको आधारमा मूल्यांकन गर्न दिनुपर्ने उनको भनाइ छ ।

पुरानो कालीमाटीस्थित ज्ञानोदय माविले भने वैशाख २६ गतेदेखि भर्चुअल परीक्षाको तयारी गरेको छ । विद्यालयका प्रधानाध्यापक नातीकाजी महर्जनले विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गराउन असम्भव हुँदै गएकोले भर्चुअल परीक्षा गर्ने निर्णय गरेको बताए ।

उनले भने ‘हामीले वैशाख १२ देखि परीक्षाको तयारी गरेका थियौं । एक दिन परीक्षा पनि भयो । तर सक्न पाएनौं । त्यसैले २६ गतेबाट भर्चुअल गर्ने तयारीमा छौं ।’

संस्थागत विद्यालयको प्रतिनिधिमूलक संस्था एनप्याब्सनले भने यो महिनाभर महामारीको अवस्था हेरेर निर्णय गर्ने उपाध्यक्ष एवं परीक्षा समितिका संयोजक प्रवोध रिजालले बताए ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा विद्यालयले कक्षा ८, १०, १२ बाहेकका कक्षाको परीक्षा विद्यालयले विश्वसनीय र वैद्य हुने हिसाबले लिन सक्ने बताए । कक्षा ८ को परीक्षा भने स्थानीय तहले आफ्नो क्षेत्रको परिवेश अनुसार गर्न सक्ने शर्माले बताए ।

एसईई र १२ कक्षाको परीक्षा भने पूर्व निर्धारित समय तालिका हेरफेर नभएको उनको भनाइ छ । सरकारले एसईई जेठ १३ गतेदेखि र कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सञ्चालन गर्ने तय गरेको थियो । ‘अहिलेसम्म एसईई र १२ कक्षाको लागि पूर्व निर्धारित समयअनुसार तयारी भइरहेको छ । केही दिनसम्म अवस्था सुधार हुन्छ वा जटिल हुन्छ त्यसपछि नै निर्णय हुन्छ’ शर्माले भने ।

कक्षा ११ को परीक्षाको लागि राष्ट्रिय परीक्षा बोर्डले नमुना प्रश्नपत्र तयारी गरिरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । onlinekhabar

आजको ट्रेन्डिङ समाचार