कास्कीमा अहिलेसम्म कोरोना संक्रमित ८७७ पुगे,ेगण्डकीको अहिलेसम्मको अपडेट | Samacharpati कास्कीमा अहिलेसम्म कोरोना संक्रमित ८७७ पुगे,ेगण्डकीको अहिलेसम्मको अपडेट – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • कास्कीमा अहिलेसम्म कोरोना संक्रमित ८७७ पुगे,ेगण्डकीको अहिलेसम्मको अपडेट

कास्कीमा अहिलेसम्म कोरोना संक्रमित ८७७ पुगे,ेगण्डकीको अहिलेसम्मको अपडेट

कास्कीमा अहिलेसम्म कोरोना संक्रमित ८७७ पुगे,ेगण्डकीको अहिलेसम्मको अपडेट

कास्कीमा कोरोना संक्रमणबाट संक्रमितको संख्या आजसम्म ८ सय ७७ जना रहेको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ ।

त्यस्तै हालसम्म कास्कीमा कोरोनाबाट ज्यान जानेको संख्या १ सय २० पुगेको छ ।जिल्लामा हालसम्म ९ हजार ४ सय ८० जनामा संक्रमण देखिएको छभने त्यसमा निको हुनेको संख्या ८ हजार ४ सय ८३ जना रहेका छन् ।यसैगरी

गण्डकी प्रदेशको विशेष अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । जनमोर्चाले आफ्ना सांसद हराएकाले खोजी गरी पाउँ भनि निवेदन दिएपछि बैठक स्थगित भएको हो ।

आफ्ना सांसद खोजी पाउँ भन्दै जनमोर्चा सांसद पियारी थापाले निवेदन दिएकी थिइन् ।प्रदेश सभा सचिवालयको अनुसार अर्को सुचना नआइन्जेल बैठक स्थगित भएको हो ।

जनमोर्चाका सांसद खिमविक्रम शाही आजको बैठकमा अनुपस्थित रहेका थिए । उनको मोबाइल समेत अफ रहेको बताइएको छ । अहिले भने उनी चरक अस्पतालमा रहेको उनको स्वकीय सचिवले फेसबुक स्टाटस मार्फत जानकारी दिएका छन् ।शाहीको स्वास्थ्यमा अचानक समस्या देखिए पछि उनी अस्पताल भर्ना भएको जनाइएको छ ।

यसैगरी काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश ९निषेधाज्ञा० लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो ।

आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन ।

आजको ट्रेन्डिङ समाचार