कोरोना महामहारीको चपेटामा पत्रकार,सुरक्षाका मापदण्ड पालना गर्न महासंघ कास्कीको अपिल | Samacharpati कोरोना महामहारीको चपेटामा पत्रकार,सुरक्षाका मापदण्ड पालना गर्न महासंघ कास्कीको अपिल – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • कोरोना महामहारीको चपेटामा पत्रकार,सुरक्षाका मापदण्ड पालना गर्न महासंघ कास्कीको अपिल

कोरोना महामहारीको चपेटामा पत्रकार,सुरक्षाका मापदण्ड पालना गर्न महासंघ कास्कीको अपिल

कोरोना महामहारीको चपेटामा पत्रकार,सुरक्षाका मापदण्ड पालना गर्न महासंघ कास्कीको अपिल

नेपाल पत्रकार महासंघ कास्कीले कोरोना महामारीको सामना गर्नका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएको छ ।

अहिलेको अवस्था विगतको भन्दा निकै जटिल देखिएकाले संवेदनशील र गम्भीर हुन पत्रकार तथा सञ्चारकर्मीहरुलाई महासंघले अपिल समेत गरेको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेको हो ।

महासंघका अध्यक्ष विमला भण्डारी र सचिव माधव बरालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको जीवन रक्षाका खातिर जिल्ला प्रशासन जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेकाले यसलाई पूणरुपमा पालना गरी कारोना संक्रमणको रोकथाममा सहयोग पुर्याई नियमित रुपमा तलव, सेवा र सुविधा उपलव्ध गराउन अनुरोध गर्दछौं ।’

संकटपूर्ण समयमा सुरक्षित रुपमा पत्रकार तथा सञ्चारकर्मीलाई समाचारमूलक जानकारी तथा सामग्री उपलव्ध गराउन पनि सम्बन्धित सरोकारवालालाई महासंघले आग्रह गरेको छ ।

सुरक्षित भएर सुरक्षाका मापदण्ड अनिवार्य पालना गरि आफ्नो काममा जिम्मेवार भएर खटिन पत्रकार तथा सञ्चारकर्मीलाई महासंघले आग्रह गरेको छ ।

आजको ट्रेन्डिङ समाचार