कोरोना देखिएपछि काँग्रेस केन्द्रीय समिति बैठक स्थगित,यता बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार, आजै शपथको तयारी • Nepal's Trusted Digital Newspaperकोरोना देखिएपछि काँग्रेस केन्द्रीय समिति बैठक स्थगित,यता बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार, आजै शपथको तयारी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कोरोना देखिएपछि काँग्रेस केन्द्रीय समिति बैठक स्थगित,यता बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार, आजै शपथको तयारी

कोरोना देखिएपछि काँग्रेस केन्द्रीय समिति बैठक स्थगित,यता बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार, आजै शपथको तयारी

  • बुधबार, बैशाख १५, २०७८
कोरोना देखिएपछि काँग्रेस केन्द्रीय समिति बैठक स्थगित,यता बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार, आजै शपथको तयारी

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

नेताहरुलाई कोरोना संक्रमण भएपछि बैठक स्थगित गर्नुपरेको काँग्रेस नेता डा। प्रकाशशरण महतले जानकारी दिए ।‘नेताहरुलाई कोरोना देखिएको छ । त्यही भएर आजका लागि बोलाइएको बैठक स्थगित गरिएको छ’, नेता महतले जानकारी दिए ।

यसैगरी यता बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्री पौडेलले ३ मन्त्री र ७ जना राज्यमन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

विस्तारित मन्त्रिपरिषद्मा आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी काभ्रेका चन्द्र लामालाई दिएको बुझिएको छ । त्यस्तै मकवानपुरकी जुनेलीमाया श्रेष्ठ पनि राज्यमन्त्री बनेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार सिन्धुपाल्चोकका सांसद् सरेश नेपाल, नेकपा एमाले बागमती प्रदेशमा प्रमुख सचेतक नुवाकोटका केशवराज पाण्डे र दोलखाकी सरस्वती बस्नेत पनि मन्त्रिपरिषद्मा समेटिएका छन् । धादिङका डा। रामकुमार अधिकारी र सिन्धुलीका प्रदिप कटुवाल पनि मन्त्रिपरिषद्मा समेटिएको बताइएको छ ।

मुख्यमन्त्री पौडेलले पछिल्लो राजनीतिक घटनाक्रमका कारण पार्टी भित्र तीब्र विरोधकाबीच मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओली पक्षको नेकपा एमालेका सांसदहरु मात्र रहेका छन् ।

गत पुस ५ गते मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकै दिन आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुणकुमार नेपाल र समाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएसँगै तीन वटै मन्त्रालयको कार्यभार मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आएका थिए ।

नियुक्त भएका मन्त्री तथा राज्यमन्त्रीहरूले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका