कोरोना संकटमा अक्सिजनको अभाव भएको डाक्टरको भनाई,मन्त्रालय भन्छ–आत्मनिर्भर छौं,अभाव हुँदैन कसका कुरा पत्याउने | Samacharpati कोरोना संकटमा अक्सिजनको अभाव भएको डाक्टरको भनाई,मन्त्रालय भन्छ–आत्मनिर्भर छौं,अभाव हुँदैन कसका कुरा पत्याउने – Samacharpati
Samacharpati
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • कोरोना संकटमा अक्सिजनको अभाव भएको डाक्टरको भनाई,मन्त्रालय भन्छ–आत्मनिर्भर छौं,अभाव हुँदैन कसका कुरा पत्याउने

कोरोना संकटमा अक्सिजनको अभाव भएको डाक्टरको भनाई,मन्त्रालय भन्छ–आत्मनिर्भर छौं,अभाव हुँदैन कसका कुरा पत्याउने

कोरोना संकटमा अक्सिजनको अभाव भएको डाक्टरको भनाई,मन्त्रालय भन्छ–आत्मनिर्भर छौं,अभाव हुँदैन कसका कुरा पत्याउने

कोरोनाभाइरस (कोभिड– १९ं) को नयाँ भेरियन्टको संक्रमण बढ्दा नेपालमा पनि अहिले संक्रमणको दोस्रो लहर चलेको छ ।

बाँकेको नेपालगञ्जसहित मुख्य शहरहरूमा संक्रमण नियन्त्रणबाहिर पुगेका बेला अक्सिजन अभाव हुने देखिएको छ ।कोरोनाभाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै अहिलेसम्म ९ वटा जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । ती जिल्लामा अक्सिजनको अभाव भएको सरकारी निकायकै अधिकारीहरूले बताइरहेका छन् ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जिल्लामा अक्सिजनको अभाव भएको बताए ।त्यस्तै बाँकेका सीडीओ शिवराम गेलालले पनि अस्पतालमा बिरामीहरूको चाप बढेसँगै अक्सिजनको माग अत्यधिक बढेको बताए । उपत्यकाका निजी अस्पतालहरूमा पनि पछिल्लो समय अक्सिजनको माग बढिरहेको छ ।

ह्याम्स अस्पतालका डाक्टर सविन कोइरालाका अनुसार ह्याम्स अस्पतालमा दैनिक सरदर ४ हजार लिटरका ६० वटा सिलिन्डरले पुग्दै आएकोमा अहिले अक्सिजनको ८० वटा सिलिन्डरको माग हुँदै आएको छ । डा कोइरालाको भनाइलाई आधार मान्ने हो भने दिनमा एउटा अस्पतालले ३ लाख २० हजार लिटर भन्दा धेरै अक्सिजन खपत गर्दै आएको देखिन्छ ।

पछिल्लो समय भारतमा देखिएको अक्सिजन अभावको असर नेपालमा पनि विस्तारै पर्दै गएको विज्ञहरूले बताएका छन् । कोरोनाका बिरामीहरूको संख्या बढ्दै जाँदा अक्सिजनको माग पनि बढ्ने हुनाले सिलिन्डर तत्कालै बढाउनुपर्ने जनस्वास्थ्य वैज्ञानिक डा समीरमणि दीक्षितले बताए ।

‘अहिले कोभिडका बिरामीहरू बढिरहेका छन्, उनीहरूलाई अक्सिजनको आवश्यकता पर्छ, त्यसका लागि सरकारले सिलिन्डर बढाउनुपर्ने देखिन्छ,’ डा। दीक्षितले भने । नेपाल अक्सिजनमा आत्मनिर्भर भएता पनि महामारीलाई मध्यनजर गरेर २० प्रतिशत थप जोहो गरेर राख्नुपर्ने वैज्ञानिक डा दीक्षितको भनाइ छ ।

तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा जागेश्वर गौतमले अक्सिजन अभाव नभएको दाबी गरे । नेपालमा अहिले एक महिनाका लागि पुग्ने ‘लिकुइड’ अर्थात् तरल अक्सिजन रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाले बताए । (लोकान्तर)

आजको ट्रेन्डिङ समाचार