गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण,अहिलेसम्म कहाँ के भयो त ? | Samacharpati गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण,अहिलेसम्म कहाँ के भयो त ? – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण,अहिलेसम्म कहाँ के भयो त ?

गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण,अहिलेसम्म कहाँ के भयो त ?

गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण,अहिलेसम्म कहाँ के भयो त ?

गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण देखिएको छ ।

प्रदेश सभाका एक सांसदका अनुसार स्वास्थ्य निर्देशनालयले ३ जनामा संक्रमण देखिएको बताएको छ ।

‘दललाई जानकारी गराएअनुसार समग्रमा ३ जनालाई कोरोना देखिएको छ,’ उनले भने ।यद्यपी स्वास्थ्य निर्देशनालयले यसबारे जानकारी भने दिइसकेको छैन । स्वास्थ्य निर्देशनलायका सूचना अधिकारी नवराज शर्माले दिउँसो १ बजे कोरोना रिपोर्ट आउने छ ।

सांसदहरुले भने आआफ्नो कोरोना रिपोर्ट पाइसकेका छन् । एमाले सांसद इन्द्रधारा विष्टले आफूहरुले कोरोना रिपोर्ट पाएको बताए । ‘हामीले आआफ्नो रिपोर्ट पाएका छौं, सबैको केके आयो त थाहा छैन,’ उनले भने ।गण्डकी प्रदेश सभाको मंगलबारको बैठक अवरुद्ध भएपछि सांसदहरुको कोरोना परीक्षण गरिएको थियो । बैठकमा एमाले सांसदहरुले कोरोना परीक्षण नगरी संसद राखिएको भन्दै बैठक चल्न दिएका थिएनन् ।

विशेष अधिवेशनको पहिलो दिन सोमबार एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले पिसिआर परीक्षण माग गर्दै बैठकको सुरुआतमै आपत्ति जनाएका थिए ।सभामुखले बैठक स्थगित गरेपछि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सांसदहरुको मंगलबार नै कोरोना परीक्षण गर्ने निर्णय गरेको थियो ।

परीक्षणमा पोजेटिभ देखिने सांसदले सदनमा बोल्न नपाउने तर अविश्वास प्रस्तावमा मत हाल्न पाउने गरी समितिले निर्णय गरेको हो ।

बुधबार सांसदहरुको कोरोना परीक्षणको नतिजा आएपछि दिउँसो १ बजे बस्ने गरी सदन डाकिएको छ ।मंगलबार एमाले सांसदहरु बैठकको सुरुआतमै उठेर आपत्ति जनाएका थिए । सांसद राजीव पहारीले कोरोना परीक्षणबिना बैठक राखिन नहुने तर्क गरेका थिए ।

यसैगरी भेरी अस्पताल नेपालगन्जमा कार्यरत ७ चिकित्सकसहित ७० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ओटी, इमर्जेन्सी, पारामेडिक, आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना लागेको हो । जसमा ७ जना इमर्जेन्सीमा कार्यरत चिकित्सक छन् ।

त्यसैगरी दोस्रो चरणमा देखापरेको कोरोनाको महामारीले वैदेशिक रोजगारीको क्षेत्र पनि प्रभावित भएको छ । २०७७ पछि विस्तारै तङ्ग्रिदै गएको वैदेशिक रोजगारी क्षेत्रलाई फेरि बढेको महामारीले प्रभावित गर्ने अवस्था आइसकेको छ ।त्यसैगरी सरकारले काठमाडौं उपत्यकामा भोलीदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेहरुको चाप बढेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकामा भोलीदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।आज पनि बिहानैदेखि उपत्यका छाडेर घर फर्किनेहरुको विभिन्न चोकमा भीड लागेको छ ।

कोटेश्वर र थानकोट नाकाबाट उपत्यका छाड्नेहरुको भीड बढेको छ । त्यसबाहेक बालाजुतर्फको नाका र बल्खु नाकाबाट समेत हजारौं व्यक्ति बाहिरिएका छन् ।

केही समय अघिसम्म यात्रुविहीन गुडेका सवारी साधनले खचाखच यात्रुहरु लिएर गुडेका छन् । यसले गर्दा काठमाडौंका धेरै ठाउँमा लामो जाम समेत भएको छ ।

आजको ट्रेन्डिङ समाचार