पोखरामा लकडाउनको प्रभाव,अपडेट | Samacharpati पोखरामा लकडाउनको प्रभाव,अपडेट – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • पोखरामा लकडाउनको प्रभाव,अपडेट

पोखरामा लकडाउनको प्रभाव,अपडेट

पोखरामा लकडाउनको प्रभाव,अपडेट

पोखरासहित कास्की जिल्ला भर आजदेखि सवारीसाधन सञ्चालनमा कडाइ गरिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि प्रशासनले आज बिहान ६ बजेबाट जिल्लाभर सार्वजनिक तथा निजी सवारीसाधनमा जोर बिजोर प्रणाली लागु गरेकोमा आज जोर नम्बरका सवारीसाधन सञ्चालनमा रोक लगाइएको कास्की प्रहरी प्रहरी प्रमुख , एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आज पहिलो दिन भएकोले अटेर गरी सवारीसाधन चलाउनेलाई नियन्त्रणमा लिएर होल्ड गराएर राखिएको र भोलिबाट पनि अटेर गरे नियम अनुसार कडा कारबाही गरिने एसपी श्रेष्ठले बताउनुभयो ।

प्रशासनले वैशाख १५ गते बिहान ६ बजेबाट वैशाख २१ गते राति १२ बजे सम्म अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भिडभाड गर्न सभा जुलुस गर्न जात्रा महोत्सव गर्न निषेध गरेको छ ।

प्रशासनले औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरू २४ सै घण्टा खुला रहने तथा उपभोग्य, खाद्यान्न र निर्माण सामग्री पसलहरू बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न भनेको छ । डिपार्टमेन्टल स्टोर्स, सपिङ मल र ठुला स्टोरहरू सञ्चालनमा रोक लगाइएको छ । होटेल तथा रेस्टुरेन्टमा टेक अवे सेवा मात्र सञ्चालन हुने गरी बिहान ८ देखि बेलुका ८ बजेसम्म खोल्न पाइनेछ ।

जिल्ला भित्र सञ्चालन हुने अत्यावश्यक सवारीसाधनबाहेक यात्रुवाहक सार्वजनिक तथा निजी सवारीसाधनहरूमा सो अवधिभर जोरबिजोर प्रणाली लागु भएको प्रशासनले जनाएको छ । जोरबिजोर प्रणाली अन्तर्गत जोर दिनमा जोर नम्बरका सवारीसाधन र बिजोर दिनमा बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुनेछन् ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने दैनिक सेवा, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय पोखराको समन्वयमा शाखा प्रबन्धकले न्यूनतम कर्मचारीको उपस्थितिमा सञ्चालन गर्न सक्ने भएका छन् ।

आजको ट्रेन्डिङ समाचार