कोरोनाले कहाँ के भयो त?हेर्नुहोस यसरी उग्र रुप लिदै | Samacharpati कोरोनाले कहाँ के भयो त?हेर्नुहोस यसरी उग्र रुप लिदै – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • कोरोनाले कहाँ के भयो त?हेर्नुहोस यसरी उग्र रुप लिदै

कोरोनाले कहाँ के भयो त?हेर्नुहोस यसरी उग्र रुप लिदै

कोरोनाले कहाँ के भयो त?हेर्नुहोस यसरी उग्र रुप लिदै

पश्चिम क्षेत्रको सबैभन्दा ठूलो सरकारी सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीहरूको अभाव भएको छ ।

जसका कारण संक्रमितहरू उपचारबाट बन्चित भएका छन् । गत बर्ष सरकारले केन्द्रबाटै चिकित्सक पठाएर सहयोग गरको भए पनि यसपटक चिकित्सक अभावमा अवस्था भयवाह भइसकेको छ ।जिल्लाभर १ हजार २ सय ६६ सक्रिय संक्रमित छन् ।

अस्पतालमा भर्ना भएका बाहेक केहीलाई राँझा विमानस्थल नजिकैको ह्वाइट हाउस आइसोलेसन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेसनमा छन् ।भेरी अस्पतालले कोरोनाको संक्रमण फैलिने क्रम नरोकिए समग्र स्वास्थ्य प्रणाली नै फेल हुनसक्ने बताइसकेको छ ।

दैनिक एक सयभन्दा बढी कोरोनाका विरामीहरू थपिदै गएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका ६ जनाको मृत्यु भएको छ ।यसैगरी काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ ।

सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।यसैगरी त वर्ष कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बनेको २ नम्बर प्रदेश यस वर्ष पनि पुनः ‘हटस्पट’ बन्ने सम्भावना देखिँदैछ ।छिमेकी मुलुक भारतमा कोरोनाको भयावह अवस्था देखिए पछि भारतबाट स्वदेश फर्किने नेपालीहरू भित्रिएसँगै जोखिम बढेको छ ।

आजको ट्रेन्डिङ समाचार