मन्त्रिपरिषद बैठक आज बस्दै, तीन साता मुलुकभर लकडाउन गर्ने के होला त?पुरा समाचार पढ्नुहोस | Samacharpati मन्त्रिपरिषद बैठक आज बस्दै, तीन साता मुलुकभर लकडाउन गर्ने के होला त?पुरा समाचार पढ्नुहोस – Samacharpati
Samacharpati
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • मन्त्रिपरिषद बैठक आज बस्दै, तीन साता मुलुकभर लकडाउन गर्ने के होला त?पुरा समाचार पढ्नुहोस

मन्त्रिपरिषद बैठक आज बस्दै, तीन साता मुलुकभर लकडाउन गर्ने के होला त?पुरा समाचार पढ्नुहोस

मन्त्रिपरिषद बैठक आज बस्दै, तीन साता मुलुकभर लकडाउन गर्ने के होला त?पुरा समाचार पढ्नुहोस

मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ५ बजे डाकिएको बैठकमा कोरोना नियन्त्रणका लागि सीसीएमसीले गरेको सिफारिस अनुमोदनको तयारी छ ।

संक्रमण तीव्र भएपछि आइतबार बसेको सीसीएमसीको बैठकले कम्तीमा तीन साता मुलुकभर लकडाउन गर्न सिफारिस गरेको छ । लकडाउनमा नगए सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न सुझाव दिइएको छ ।

लकडाउन नभएको खण्डमा शहरी क्षेत्रमा ५ सय र अन्य जिल्लामा २ सय सक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्नुपर्ने सीसीएमसीको सिफारिस छ । उपत्यकामा १ हजार जनाभन्दा बढी सक्रिय संक्रमित पुगे निषेधाज्ञा जारी गर्नुपर्ने प्रस्ताव छ ।

यस्तै विदेशी नागरिकलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा पनि रोक लगाउन सिफारिस गरिएको छ भने स्वदेश फर्किएका नेपालीलाई परीक्षण रिपोर्टका आधारमा गन्तव्यसम्म पुर्‍याइने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

सोमबारदेखि पूर्वनिर्धारित सबै किसिमका परीक्षा पनि अर्को निर्णय नभएसम्मका लागि तत्काललाई स्थगन गर्न सिफारिस गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार