सरकारले देशभरका विद्यालयहरुका पूर्व निर्धारित गरिएका सम्पूर्ण परीक्षा स्थगित गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भौतिक रुपमा हुँदै आएका सबै प्रकारका परीक्षाहरु अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
सीसीएमसी सचिवालयका संयोजक डा खगराज अधिकारीका अनुसार बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्न र भर्चुअल माध्यमबाट पठनपाठन सञ्चालन गर्न निर्देशन गरेको छ ।