पोखरामा ४५ सहित कास्कीमा आज ४६ जनालाई कोरोना सङ्क्रमणको पुष्टी गण्डकीमा कति पुगे हेर्नुहोस? | Samacharpati पोखरामा ४५ सहित कास्कीमा आज ४६ जनालाई कोरोना सङ्क्रमणको पुष्टी गण्डकीमा कति पुगे हेर्नुहोस? – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • पोखरामा ४५ सहित कास्कीमा आज ४६ जनालाई कोरोना सङ्क्रमणको पुष्टी गण्डकीमा कति पुगे हेर्नुहोस?

पोखरामा ४५ सहित कास्कीमा आज ४६ जनालाई कोरोना सङ्क्रमणको पुष्टी गण्डकीमा कति पुगे हेर्नुहोस?

पोखरामा ४५ सहित कास्कीमा आज ४६ जनालाई कोरोना सङ्क्रमणको पुष्टी गण्डकीमा कति पुगे हेर्नुहोस?

पोखरामा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार कोरोना भाइरस संक्रमणबाट पोखरा महानगरपालिका वडा नम्बर १६ का ६५ वर्षीय पुरुषको ज्यान गएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या हालसम्म २ सय ८ पुगेको छ ।

यसैगरी कास्कीमा थप ४६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निदेशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरा तथा लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा अन्नपूर्ण गाउँपालिकामा १ तथा पोखरामा ४५ सहित कास्कीमा थप ४६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै गण्कडी प्रदेशका अन्य जिल्ला नवलपरासीमा २ जना, स्याङ्जामा ४ जना, पर्वतमा ४ जना, गोरखामा १ जना, म्याग्दीमा १ जना, लमजुङमा १ जना, बाग्लुङमा १ जना तथा तनहुँमा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार २ सय ३१ पुगेको छ ।

आजको ट्रेन्डिङ समाचार