लुम्बिनीमा नयाँ ट्विस्ट अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकालाई मन्त्री बनाउने तयारी कतै फकाउने बाटो पो हो कि ? | Samacharpati लुम्बिनीमा नयाँ ट्विस्ट अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकालाई मन्त्री बनाउने तयारी कतै फकाउने बाटो पो हो कि ? – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • लुम्बिनीमा नयाँ ट्विस्ट अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकालाई मन्त्री बनाउने तयारी कतै फकाउने बाटो पो हो कि ?

लुम्बिनीमा नयाँ ट्विस्ट अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकालाई मन्त्री बनाउने तयारी कतै फकाउने बाटो पो हो कि ?

लुम्बिनीमा नयाँ ट्विस्ट अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकालाई मन्त्री बनाउने तयारी कतै फकाउने बाटो पो हो कि ?

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएकै दिन लुम्बिनी प्रदेश सरकारमा चारजना मन्त्री थपिने भएका छन् ।

मुख्यमन्त्री पोखरेलले आफूविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित ४ जनालाई मन्त्री बनाउने तयारी गरेका हुन् ।अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागिसकेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेकी जसपा सांसद कल्पना पाण्डेलाई पनि मन्त्री बनाउने गरी मुख्यमन्त्री पोखरेलले तयारी गरेका छन् ।माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् ।

लुम्बिनी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेर अरू २ मन्त्रालय बनाउने तयारी गरिरहेको छ ।नियुक्त हुने मन्त्रीहरूलाई सोमवार नै शपथ ग्रहण गराउने तयारी छ ।(lokantara)

आजको ट्रेन्डिङ समाचार