कोरोनाको केन्द्रबिन्दुमा बिद्यार्थी,पोखरासहित ठूला शहरमा अनलाइन शिक्षा हुने,कास्कीमा बिद्यायार्थीको परिक्षण गरिने • Nepal's Trusted Digital Newspaperकोरोनाको केन्द्रबिन्दुमा बिद्यार्थी,पोखरासहित ठूला शहरमा अनलाइन शिक्षा हुने,कास्कीमा बिद्यायार्थीको परिक्षण गरिने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कोरोनाको केन्द्रबिन्दुमा बिद्यार्थी,पोखरासहित ठूला शहरमा अनलाइन शिक्षा हुने,कास्कीमा बिद्यायार्थीको परिक्षण गरिने

कोरोनाको केन्द्रबिन्दुमा बिद्यार्थी,पोखरासहित ठूला शहरमा अनलाइन शिक्षा हुने,कास्कीमा बिद्यायार्थीको परिक्षण गरिने

  • सोमवार, बैशाख ६, २०७८
कोरोनाको केन्द्रबिन्दुमा बिद्यार्थी,पोखरासहित ठूला शहरमा अनलाइन शिक्षा हुने,कास्कीमा बिद्यायार्थीको परिक्षण गरिने

सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी ठूला शहरका विद्यालय बन्द गर्ने निर्णय आज गरेपछि अनलाइनबाट पढाइ हुनेभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म ठूला शहरका विद्यालय भौतिक उपस्थितिमा सञ्चालन नगरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।कोरोना भाइरसको सङ्क्रमण विद्यालय जाने बालबालिकालाई धेरै देखिन थालेकाले जोखिम बढेको छ ।

आइतबारसम्म पाँच वर्षमुनिका तीन हजार ५६५ बालबालिकामा कोरोना भाइरस सङ्क्रमण देखिएको र १० जनाको निधन भएको थियो ।यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ प्रभावित १४ जिल्लाका विद्यालयमा विद्यार्थीलाई नजानका लागि आग्रह गरेको थियो ।मन्त्रालयले मोरङ, पर्सा, बारा, काठमाडौंँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत र कैलाली कोभिड–१९ अतिप्रभावित जिल्ला तोकेको थियो ।यसैगरी पछिल्लो समय कम उमेर समूहमा कोरोना भाइरसको संक्रमण देखिएपछि कास्कीमा विद्यार्थीहरुको परीक्षण सुरु गरिएको छ ।

यसअघिको रिपोर्टमा कास्कीभित्र ४ वर्षदेखि १७ वर्ष उमेर समूहमा कोरोना देखिएपछि विद्यालय र जनस्वास्थ्य शाखाको पहलमा नमुना संकलन गरिँदैछ । केही विद्यालयका बालबालिकामा लक्षण देखिएपछि कन्ट्याक्ट ट्रेसिङकाआधारमा थप परीक्षण सुरु गरिएको पोखरा महानगरअन्तरगतको जनस्वास्थय महाशाखाले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले करिब ३ हजार विद्यार्थीको स्वाब परीक्षण गर्ने तयारी गरेको बताइएको छ । निजी विद्यालयहरुको छाता संगठन प्याब्सन कास्कीका अध्यक्ष प्रेम शर्माले केही दिनभित्र करिब ३ हजार विद्यार्थीको परीक्षण गरिने बताएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका