अहिलेसम्मका छुटाउनै नहुने ६ समााचर संक्षिप्तमा मात्र ३ मिनेट समय छुट्याउ त! | Samacharpati अहिलेसम्मका छुटाउनै नहुने ६ समााचर संक्षिप्तमा मात्र ३ मिनेट समय छुट्याउ त! – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • अहिलेसम्मका छुटाउनै नहुने ६ समााचर संक्षिप्तमा मात्र ३ मिनेट समय छुट्याउ त!

अहिलेसम्मका छुटाउनै नहुने ६ समााचर संक्षिप्तमा मात्र ३ मिनेट समय छुट्याउ त!

अहिलेसम्मका छुटाउनै नहुने ६ समााचर संक्षिप्तमा मात्र ३ मिनेट समय छुट्याउ त!

सरकारले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेको छ ।उक्त कार्यक्रमअन्तर्गत देशभरिका ५२ हजार केन्द्रबाट पाँच वर्ष मुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ ।

सरकारले कोरोनाको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था वैशाख महिनाको अन्त्यसम्म बन्द गर्ने निर्णय गरेको छ । तर बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सन्चालन हुनेछन् ।कोरोनाभाइरस संक्रमण बढ्दै गएको भन्दै मन्त्रिपरिषद् बैठकले वैशाखभर रात्रिकालीन व्यवसाय पनि बन्द गर्ने निर्णय गरेको छ । डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय हो ।

पूर्व–पश्चिम राजमार्गलाई बिस्तार गर्ने सरकारको योजनाअनुसार नागढुङ्गा–मुग्लिन सडक बिस्तार अघि बढाइने भएको छ । यसअघि मुग्लिन–नारायणगढ सडक बिस्तार गरिएकामा आगामी आवदेखि नागढुङ्गा–मुग्लिन बिस्तार गर्ने तयारी अघि बढाइएको छ । सो सडक निर्माण शुरु भएको पाँच वर्षमा सकाउने लक्ष्य लिइएको छ ।सो सडकको लम्बाइ ९२ किमी छ।सो खण्डमा २६ पुल निर्माण हुनेछ । सडक कम्तीमा ११ मिटर चौडाइ हुने बताइएको छ ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत जिल्लामा पर्ने मोदीवेणी–अर्मादी खण्ड अलपत्र बनेको छ । काम छाडेर निर्माण व्यवसायी नै सम्पर्कविहीन बने पनि सो खण्डमा ट्र्याक खोल्ने कार्यसमेत अघि बढ्न सकेको छैन ।आगामी दुई वर्षभित्रै सो खण्डको सबै सडक कालोपत्र सक्ने लक्ष्य राखे पनि जिल्लाभित्र अझै ट्र्याक पूरा हुन सकेको छैन । ट्र्याक खुलाउने क्रममा गत चैत २५ गत कुश्मा नगरपालिका– ५ मोदीबेनीघाट नजिकै कालीगण्डकी नदी किनारमा एस्काभेटर खसेपछि काम रोकिएको हो ।सूर्य कन्स्ट्रक्सनले जिम्मा लिएको सो सडकको ट्र्याक खुलाउने क्रममा ब्रेकरले पहरो फुटाउँदै गर्दा माथिबाट आएको ढुङ्गाले लागी एस्काभेटर खसेको थियो । ठेकेदार कम्पनी नै सम्पर्कविहीन भएपछि मोदीबेनी क्षेत्रको ट्र्याक खोल्न ढिलाइ भएको थियो । पर्वत खण्डको ३९ किलोमिटर कालोपत्रका लागि रु एक अर्ब २३ करोड विनियोजन भएको छ ।विसं २०७५ जेठ २१ मा काम सक्ने गरी २०७३ असार २२ मा सो कन्स्ट्रक्सनले सम्झौता गरेको थियो ।

मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् । त्यसअघि मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।सरकारले गत पुस ५ मा संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । फागुन ११ गते सर्वोच्चले संसद विघटन बदर गरेपछि सरकारले फागुन २३ गतेका लागि संसद अधिवेशन बोलाएको थियो । तर चालु अधिवेशनमा संसदमा कुनै विधेयकमाथि छलफल भएन ।यता सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्य गर्नेबारे आफूसँग कुनै परामर्श नभएको बताएका छन् ।आफ्नै कार्यकक्ष सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभामुख सापकोटाले संसद अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले आफूसँग छलफल नै नगरेको बताए ।

लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाका प्रदेशसभा सदस्यहरू अविश्वासको प्रस्ताव लिएर प्रदेशसभा सचिवालयमा पुगेका छन् । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य ९माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका० पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ प्रदेशसभा सदस्य चाहिन्छ ।सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।

आजको ट्रेन्डिङ समाचार